5 years ago
June 23, 2020
एजेन्सी – युवा मिडफिल्डर फिल फोडेनले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती बर्नलीमाथि ५-० को फराकिलो जित दर्ता गरेको छ ।

पहिलो रोजाईमा अवसर पाएका फोडेन र रियाद माहरेजले समान दुई गोल गर्दा अर्को गोल डेविड सिल्भाको नाममा रहयो । सिटीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो ।
खेलको २२ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । डेविड सिल्भाको कर्नर पासमा फोडेनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो ।
४३ औं मिनेटमा रियाद माहरेजले अग्रता दोब्बर पारे । उनले फर्नान्डीन्होको पासलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा माहरेजले व्यक्तिगत दोस्रो गोल गरे । सर्जियो अगुएरोलाई बेन मीले फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीको सदुपयोग गर्दै माहरेजले पहिलो हाफमा नै ३-० को अग्रता दिलाए ।
५१ औं मिनेटमा डेविड सिल्भाले गोल गर्दै सिटीलाई ४-० ले अगाडी बढाए । फोडेनको चलाखीपूर्ण पासलाई बर्नार्डो सिल्भाले सदुपयोग गर्दै डेविड सिल्भालाई पास दिएपछि डेविडले सहजै गोल गरेका थिए ।

फोडेनले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फराकिलो जित सुनिश्चित गरे । डेविड सिल्भाको क्रसलाई ग्याब्रीएल जेससले गोल गर्ने प्रयास गरेपनि असफल हुँदा फार पोस्टमा रहेका फोडेनले पोस्टको दिशा दिएका थिए ।
यस जितसँगै सिटीले ३० खेलमा ६३ अंक जोड्दै लिभरपुलसँगको दुरी २० अंकमा झारेको छ । लिभरपुलको ३० खेलमा ८३ अंक रहेको छ । बर्नली भने ३० खेलमा ३९ अंकसहित ११ औं स्थानमा छ ।
अन्य खेलको नतिजा यस्तो रहयो :
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]