5 years ago
June 23, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा एसी मिलानले लेच्चेको घरेलु मैदानमा ४-१ को सानदार जित दर्ता गरेको छ ।

खेलको २६ औं मिनेटमा सामु कास्टिलेजोको गोलमा मिलानले अग्रता लिएको थियो । उनले टर्कीका मिडफिल्डर हाकान चाल्हा नोग्लुको पासलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफमा १-० ले अगाडी रहेको मिलानले दोस्रो हाफमा पनि दबाब कायम राख्यो ।
घरेलु टोलीले ५४ औं मिनेटमा बराबरीमा गोल गरेपनि त्यसपछि सम्हालिन नसक्दा खेल गुमाएको थियो । ५४ औं मिनेटमा मारको मान्कोसुले पेनाल्टीमा गोल गर्दै खेल बराबर गरेका थिए । म्याटीए ग्याबियाले खौमा बाबाकारलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

मिलानलाई अग्रता पुन: स्थापना एक मिनेट पनि लागेन । मिलानले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । चाल्हानोग्लुले लामो दुरीबाट गरेको प्रहार गोलरक्षक ग्याब्रीएलले बचाउन नसक्दा त्यसबाट आएको रिबाउन्डमा जियाकोमो बोनाभेन्चुराले गोल गरेका थिए ।
५७ औं मिनेटमा आन्टे रेबिचले मिलानको अग्रता दोब्बर पारे । चाल्हानोग्लुको उत्कृष्ट थ्रु पासलाई रेबिचले तीव्र गतिमा भेट्दै गोलरक्षकसँग वन भर्सेस वनको स्थितिमा गोल गरेका थिए ।

खेलको ७२ औं मिनेटमा राफेल लिआओ गोल गर्दै फराकिलो जित सुनिश्चित गरे । उनले आन्द्रीए कोन्टिको पासलाई गोलमा परिणत गरेका थिए ।
यस जितसँगै एसी मिलान अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । मिलानले २७ खेलमा ३९ अंक जोडेको छ । लेच्चे भने २७ खेलमा २५ अंकसहित १८ औं स्थानमा छ ।
अन्य खेलको नतिजा यस्तो रहयो :
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]