default_image

5 years ago

June 23, 2020

रोनाल्डो र डिबालाको गोलमा युभेन्टसको जित

184 views

0 Bookmark

एजेन्सी – साविक विजेता युभेन्टसले इटालियन सिरी ए अन्तर्गत सोमबार रातिको खेलमा बोलोग्नालाई २-० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरेका थिए ।

बोलोग्नाको घरेलु मैदानमा युभेन्टसले २२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पायो । स्टेफानो देन्स्विलले पेनाल्टी क्षेत्रभित्र म्याथिस डी लिग्टलाई तानेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगले पेनाल्टी दिएका थिए ।

उक्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाए । रोनाल्डोको जारी लिग सिजनको यो २२ औं गोल हो । उनले गत सिजन गरेको २१ गोलको प्रदर्शनलाई लिगका ११ खेल बाँकी रहँदै सुधार गरेका छन् । रोनाल्डोले लगातार सातौं अवे खेलमा गोल गरेका हुन् ।

खेलको ३६ औं मिनेटमा पाउलो डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । उनले फेडेरिको बर्नाडेस्कीको ब्याक फ्लिकमा आएको पासलाई पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरे । ४० औं मिनेटमा रोनाल्डोको क्रसमा डिबालाले गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

दोस्रो हाफको सुरुवातमै युभेन्टसले अग्रता बढाउने सुवर्ण अवसर गुमायो । रोनाल्डोले वन भर्सेस वनको स्थितिमा गोलरक्षकलाई चिप गर्ने प्रयास गर्दा बलले पोस्टको दिशा लिन सकेन । ५३ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीको प्रहार पोस्टमा लागेर फर्कंदा युभेन्टसले अग्रता बढाउन सकेन ।

७१ औं मिनेटमा फेडेरिकोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार आकासियो । ७३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरियो । ८१ औं मिनेटमा बोलोग्नाका रिकार्डो ओर्सोलिनीको प्रहारले पोस्टको दिशा लिन नसक्दा खेलमा फर्कने अवसर गुमायो ।

खेलको ९० औं मिनेटमा रोनाल्डोले गोल गरेपनि रेफ्रीले त्यसलाई अफसाइड दिए । डग्लस कोस्टाले दिएको क्रसमा रोनाल्डोको प्रहार गोलमा परिणत भएपनि कोस्टा त्यसअघि नै अफसाइड रहेको रेफ्रीको निर्णय थियो । खेलको इन्ज्युरी समयमा युभेन्टसका डिफेन्डर ड्यानीलो दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए ।

यस जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँग ४ अंकको अग्रता लिएको छ । हाल युभेन्ट्सको २७ खेलमा ६६ अंक छ भने लाजियो एक खेल कम खेल्दै ६२ अंकसहित पछ्याइरहेको छ । लाजियोले बुधबार चौथो स्थानको एटलान्टाको सामना गर्नेछ । बोलोग्ना २६ खेलमा ३४ अंकसहित १० औं स्थानमा छ ।

अन्य खेलको नतिजा यस्तो रहयो :

 

मिलानको सानदार जित

फोडेनको उत्कृष्ट प्रदर्शनसँगै सिटीको फराकिलो जित

 

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.