default_image

4 years ago

June 24, 2020

घाइते अगुएरो बार्सिलोना जाँदै

45 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो घुँडाको चोटको विस्तृत परिक्षण गर्न बिहीबार वा शुक्रबार क्याटलान सहर बार्सिलोना जाने भएका छन् ।

सोमबार प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्ध खेलमा अगुएरोले चोट बोकेका थिए । उक्त खेलमा सिटीले ५-० को फराकिलो जित दर्ता गरेको थियो । अगुएरो पहिलो रोजाईमा रहेर खेलेपनि बेन मीको ट्याकलले चोट लागेपछि उनको स्थानमा ब्राजिलियन फरवार्ड ग्याब्रीएल जेसस मैदान प्रवेश गरेका थिए ।

प्रारम्भिक परिक्षण गर्दा अगुएरोको घुँडामा गम्भीर समस्या देखिएपछि उनी विशेषज्ञ सल्लाहका साथै उपचार गर्न बार्सिलोना जान लागेका हुन् । चोट लागेपछि अगुएरोले सामाजिक संजालमा लेखेका छन्, ‘परिक्षणबाट मेरो बायाँ घुँडामा चोट लागेको पक्का भएको छ । मेरो मनोबल उच्च छ । म सकेसम्म चाँडो पुनरागमन गर्ने लक्ष्यसहित मिहिनेत गर्नेछु ।’

अगुएरोलाई यसअघि पनि घुँडाको सामान्य समस्या रहेको थियो । तर सोमबारको खेलमा चोट फेरी बिग्रेपछि शल्यक्रिया गर्नुपर्ने देखिएको छ । अगुएरोले यसअघि पनि आफ्नो समस्या देखाएको डाक्टरलाई नै भेट्ने र निर्णय लिने बुझिएको छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.