default_image

5 years ago

June 25, 2020

भिनिसियसको गोलमा रियललाई अग्रता

163 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन युवा फरवार्ड भिनिसियस जुनियरको गोलमा रियल म्याड्रिडले बुधबार मालोर्काविरुद्ध जारि खेलको पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

खेलको सातौं मिनेटमा नै मालोर्काका कप्तान तथा गोलरक्षक मानोलो रेइनाले एक मिनेटको अन्तरमा दुई उत्कृष्ट बचाउ गर्दै खेल बराबरीमा नै राखे । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र छातीले बल नियन्त्रण गर्दै गरेको प्रहार रेइनाले विफल पारेका थिए । लगत्तै बेलले लामो दुरीबाट गरेको प्रहार पनि उनले बचाए ।

खेलको ११ औं मिनेटमा मालोर्काका इद्रिसा बाबाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टुवाले डाइभ दिँदै विफल पारे ।

खेलको १९ औं मिनेटमा रियलले युवा विंगर भिनिसियस जुनियरको गोलमा अग्रता लियो । लुका मोड्रीचले अफसाइड ट्रयाप बिट गरेर दिएको पासलाई भिनिसियसले ६ यार्ड बक्स नजिकबाट गोलरक्षकको माथिबाट चिप गरेका थिए ।

२४ औं मिनेटमा भिनिसियस रियल म्याड्रिड र व्यक्तिगत दोस्रो गोल गर्नबाट बन्चित रहे । बेन्जेमाको थ्रु पासलाई भिनिसियसले गोलरक्षकको माथिबाट चिप प्रहार गरेपनि बल क्रसबारमा लाग्दै फर्किएको थियो । फर्केर आएको बललाई उनले डिफेन्डरसँग जुध्दै हेडरमार्फत गोल गर्न भने सकेनन् ।

२७ औं मिनेटमा इडेन हाजार्डको प्रहारले पोस्टको दिशा लिन सकेन । ४२ औं मिनेटमा मोड्रीचको फ्रिकिकलाई गोलरक्षक रेइनाले पन्च गरेर खतरा टारे ।

रियलले यो खेल जितेमा अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ । मालोर्का भने रेलिगेसन क्षेत्रबाट माथि उक्लने सम्भावना जीवित राख्न जित हासिल गर्न चाहन्छ ।

यो पनि पढ्नुहोस :

 

इन्टरको खेलमा ६ गोलको बराबरी

मार्सियलको ह्याट्रिकमा युनाइटेडको सहज जित

 

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.