5 years ago
June 25, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा इन्टर मिलान घरेलु मैदान सान सिरोमा सासुओलोसँग ३-३ को रोमान्चक बराबरीमा रोकिएको छ ।

खेलको चौथो मिनेटमा नै पाहुना टोली सासुओलोले अग्रता लिएको थियो । फिलिप जुरिचिचको पासमा फ्रान्सेस्को कापुटोले गोल गर्दै अगाडी बढाएका थिए । तर इन्टरले पहिलो हाफको अन्त्यतिर नै दुई गोल गर्दै अग्रता लिन सफल रहयो ।
४१ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । जेरेमी बोगाले मिलान स्क्रिनियरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा इन्टरले अग्रता लियो । एलेक्सिस सान्चेजको पासमा क्रिस्टियन बिराघीले गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए ।
खेलको अन्तिम १० मिनेटमा थप ३ गोल सम्भव भएको थियो । ८१ औं मिनेटमा डोमेनिको बेरार्डीले पेनाल्टीमा गोल गर्दै खेल पुन: बराबरीमा ल्याए । एस्ली योङले पेनाल्टी क्षेत्रभित्र मर्ट मुडुरलाई लडाएपछि रेफ्रीले पेनाल्टीको संकेत गरेका थिए ।

८६ औं मिनेटमा इन्टरले खेलमा पुन: अग्रता लियो । एन्टोनियो क्यानड्रेभाको पासमा बोर्जा भलेरोले सहजै गोल गर्दै इन्टरलाई जिततर्फ अग्रसर गराए । तर निर्धारित समयको एक मिनेट बाँकी रहँदा सासुओलोले खेल पुन: बराबरीमा ल्यायो । लुकास हरासिलिनको पासमा जियानजिआकोमो मान्गानीले गोल गर्दै अंक बाड्न बाध्य बनाए ।
इन्टर यस बराबरीसँगै २७ खेलमा ५८ अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ । सासुओलो भने २७ खेलमा ३३ अंकसहित १२ औं स्थानमा छ । सासुओलो रेलिगेसन क्षेत्रभन्दा ८ अंक माथि रहेको छ ।
अन्य खेलको समाचार पढ्नुहोस् :
रियल म्याड्रिड लिगको शीर्षस्थानमा उक्लियो
लाजियो हार्दा शीर्षस्थानको युभेन्टसलाई फाइदा
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]