default_image

5 years ago

June 25, 2020

मार्सियलको ह्याट्रिकमा युनाइटेडको सहज जित

130 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्थोनी मार्सियलले ह्याट्रिक प्रहार गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले सातौं मिनेटमा नै अग्रता लिएको थियो । मार्कस रासफर्डले पेनाल्टी क्षेत्रको दायाँ भागबाट दिएको लो क्रसलाई मार्सियलले पहिलो टचमा नै गोल गरेका थिए । मार्सियलले गोलरक्षक र डिफेन्सको बीचमा रहेपनि ६ यार्ड बक्सभित्र बललाई पोस्टको दिशा दिन सफल रहेका थिए ।

खेलको ४४ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गरे । आरोन वान बिस्साकाले दायाँ विङ्गमा उत्कृष्ट मुभ बनाउँदै दिएको पासलाई मार्सियलले गोलमा परिणत गरेका थिए । पहिलो हाफमा २-० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा केहि परिवर्तन गरेको थियो ।

खेलको ७४ औं मिनेटमा मार्सियलले ह्याट्रिक पूरा गर्दै युनाइटेडको जित पक्का गरे । उनले रासफार्डको पासलाई उत्कृष्ट चिप प्रहार गर्दै गोल गरेका थिए । उनको यो जारी सिजनको १९ औं गोल हो ।

मार्सियल सन् २०१३ मा रोबिन भान पर्सीपछि युनाइटेडका लागि ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी बने । त्यसबेला युनाइटेडले सर एलेक्स फर्गुसनको प्रशिक्षणमा प्रिमियर लिग उपाधि जितेको थियो ।

यस जितसँगै युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा यथावत रहेको छ । म्यानचेस्टर टोलीले ३१ खेलमा ४९ अंक जोडेको छ । सेफिल्ड भने ३१ खेलमा ४४ अंकसहित आठौं स्थानमा अड्केको छ ।

अन्य खेलको समाचार पढ्नुहोस् :

रियल म्याड्रिड लिगको शीर्षस्थानमा उक्लियो

लाजियो हार्दा शीर्षस्थानको युभेन्टसलाई फाइदा

फराकिलो जितसँगै लिभरपुल उपाधिनजिक

इन्टरको खेलमा ६ गोलको बराबरी

मार्सियलको ह्याट्रिकमा युनाइटेडको सहज जित

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.