5 years ago
June 30, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा तेस्रो स्थानको एटलेटिको म्याड्रिडसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ ।

बार्सिलोनाका लागि मिडफिल्डरद्वय ओस्मान डेम्बेले र फ्रान्की डे जोङ चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेका छन् । तर डिफेन्डर सर्जी रोबर्टोभने छातीको समस्याबाट मुक्त भएपछि टोलीमा फर्कने सम्भावना छ । मिडफिल्डर सर्जियो बुस्केट्सले निलम्बनका कारण सेल्टाविरुद्ध खेल गुमाएका थिए, उनी सिधै पहिलो रोजाईमा फर्कने सम्भावना रहेको छ ।
मिडफिल्डर आर्थर सिजनको अन्त्यमा युभेन्टस जाने तयारीमा छन् । त्यसका बाबजुद उनको नाम बेन्चमा भने रहनेछ । मिडफिल्डमा रिकी पुज र इभान राकीटिच मध्ये एकले पहिलो रोजाईमा खेल्नेछन् । डिफेन्समा क्लेमेन्ट लेङगलेटले जेरार्ड पिकेसँग मध्यभाग सम्हाल्नेछन् । जोर्डी अल्बा र नेल्सन सेमेडो विङ्गब्याकको भूमिकामा रहनेछन् ।
आक्रमणमा भने एटलेटिको म्याड्रिडका पूर्व खेलाडी एन्टोइन ग्रिजमनले कप्तान लिओनेल मेस्सी र लुइस सुआरेजसँग सुरुवात गर्ने देखिन्छ । सेल्टाविरुद्ध किके सेटिनले ग्रिजमनलाई एटलेटिको विरुद्ध खेलमा पूर्ण फिट राख्नकै लागि वैकल्पिक खेलाडीका रुपमा राखेका थिए ।

यता एटलेटिकोका लागि भने डिफेन्डरद्वय मारियो हर्मोसो र सिमे भर्साल्को चोटका कारण उपस्थित रहने छैनन् । आक्रमणमा भने एटलेटिकोलाई धेरै विकल्प रहेकाले डिएगो सिमिओनीले कसलाई खेलाउने भन्ने दुविधा हुन सक्छ । अल्भारो मोराटाले बेन्चमा स्थान पाउँदा डिएगो कोस्टा र जोआओ फेलिक्सले सुरुवाती रोजाईमा खेल्नेछन् ।
मिडफिल्डमा एन्जल कोर्रिया, कोके, साउल निगुएज र थोमस पार्टेले खेल्नेछन् । सिमिओनीले आक्रामक प्रस्तुति दिन चाहेमा फेलिक्सलाई विंगमा खेलाएर मोराटाले अग्रपंक्तिमा कोस्टासँग खेल्ने विकल्प पनि रहेको छ । मार्कोस लोरेन्टे पनि मिडफिल्डको कुनैपनि पोजिसनमा खेल्ने क्षमता राख्दछन् । गोलरक्षकमा यान ओब्लाक नै रहनेछन् ।

सम्भावित सुरुवाती ११ :
बार्सिलोना :
मार्क आन्दर टेर स्टेगन
नेल्सन सेमेडो – जेरार्ड पिके – क्लेमेन्ट लेङलेट – जोर्डी अल्बा
आर्टुरो भिडाल – सर्जियो बुस्केट्स – इभान राकीटिच
एन्टोइन ग्रिजमन – लुइस सुआरेज – लिओनेल मेस्सी
एटलेटिको म्याड्रिड:
यान ओब्लाक
काइरान ट्रीपिएर – स्टेफान साभिच – जोसे जिमिनेज – रेनान लोडी
एन्जल कोर्रिया – थोमस पार्टे – साउल निगुएज – कोके
जोआओ फेलिक्स – डिएगो कोस्टा
यो पनि पढ्नुहोस :
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]