default_image

5 years ago

July 1, 2020

जम्दैछ रोनाल्डो र डिबालाको जोडी

153 views

0 Bookmark

एजेन्सी – युभेन्टसका स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले एकसाथ खेल्न थालेको प्रशिक्षक माउरिजियो सार्रीले बताएका छन् । केहि साताअघि मात्र सार्रीले दुवैलाई संगै खेलाउन कठिन हुने गरेको बताएका थिए ।

मंगलबार इटालियन सिरी ए अन्तर्गत जेओनाविरुद्ध युभेन्टसले ३-१ को जित दर्ता गर्दा रोनाल्डो र डिबाला दुवैले गोल गरे यस जितसँगै युभेन्टसले अंक तालिकाको शीर्षस्थानमा ४ अंकको अग्रता पनि लियो । लिगको अन्त्य नजिकिंदै गर्दा युभेन्टसले उपाधि रक्षा गर्ने बलियो सम्भावना देखिएको छ । कोप्पा इटालियाको फाइनलमा हार बेहोरेयता युभेन्टसले लगातार जित दर्ता गर्दै आएको छ ।

एक समय रोनाल्डो र डिबालाले एकसाथ खेल्दा टोलीलाई थप दबाब पर्ने देखिएको थियो एकै किसिमका खेलाडी भएकाले आक्रमण असन्तुलित भएको हो कि भन्ने सार्री आफैंले पनि प्रश्न गरेका थिए तर मंगलबारको खेलमा दुवैले सँगै खेल्दै युभेन्टसलाई जितसम्म डोर्याए

खेलपछि बोल्दै प्रशिक्षक सार्रीले दुवैको प्रशंसा गरे ‘दुवै खेलाडीले आफ्नो शैलीमा केहि परिवर्तन गरेका छन् एक अर्कालाई सहज अवस्था दिन दुवैले मिहिनेत गरेको फल हो,’ उनले भने, ‘ एक अर्कालाई सहयोग गर्दा दुवैको प्रदर्शनमा सुधार आएपछि झन् मनोबल बढेको छ खेलमा मात्र होइन प्रशिक्षणमा पनि यहि देखेको छु

जेनोआविरुद्ध पहिलो हाफमा लगातार दबाब कायम गरेपनि युभेन्टसले अग्रता लिन भने सकेको थिएन तर दोस्रो हाफ सुरु भएको ५ मिनेटमा नै युभेन्टसले डिबालाको गोलमा अग्रता लियो त्यसको ६ मिनेट नबित्दै रोनाल्डोले अग्रता दोब्बर पारेका थिए डग्लस कोस्टाले समेत गोल गरेपछि युभेन्टसलाई ७६ औं मिनेटमा पिनामोन्टिको गोलले खासै असर गरेन

रोनाल्डोले सन् २०१९-२० सिजनमा गरेको कुल गोल संख्यालाई अहिले नै बराबर गरेका छन् उनले जेनोआविरुद्ध सिजनको २८ औं गोल गरेका थिए उनले सन् २०२० मा मात्र १४ गोल गरेका छन्, जुन सिरी ए मा सर्वाधिक पनि हो सार्रीले पनि रोनाल्डोको प्रदर्शनमा सुधार आएको स्वीकारेका छन्

‘पहिलो हाफमा रोनाल्डोले ५ पटक गोलको लागि प्रहार गरे । यो पछिल्लो समय उनले सुधार गरेको संकेत होम, ‘ सार्रीले भने, ‘रोनाल्डो सामान्यतया गोल गर्नका लागि आफूलाई खुला रुपमा राख्न चाहन्छन् । तर जब उनी बललाई द्रुत गतिमा अगाडी बढाउँछन्, त्यसमा उनीभन्दा सायदै अरु राम्रो होलान् ।’

‘मैले रोनाल्डोलाई यसअघि नै विश्राम दिने सोचेको थिएँ जब हामी ३-० ले अगाडी बढ्यौं मैले उनलाई परिवर्तन गरें रोनाल्डोले पछिल्लो समय लगातार खेल्दै आएकाले उनको बारेमा सोच्नु आवश्यक थियो उनले पनि मेरो कुरा बुझे र सहज रुपमा लिए,’ सार्रीले रोनाल्डोलाई परिवर्तन गर्नुको कारण प्रष्ट पारे

यो पनि पढ्नुहोस : बार्सिलोनामा ‘भिलेन’ बनेका सराबिया

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.