5 years ago
July 9, 2020
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहको दुई गोल तथा एक असिस्ट प्रदान गरेसँगै मर्सिसाइड क्लब लिभरपुलले ब्राइटनमाथि सहज जित हात पारेको छ ।

लिग च्याम्पियन बनिसकेको लिभरपुलले ब्राइटनमाथि उसकै मैदानमा ३–१ को सहज जित हात पारेको हो । लिभरपुलको जितमा सलाहले दुई तथा कप्तान जोर्डन हेन्डरसनले एक गोल गरे । घरेलु टोलीका ट्रोससार्डले एक गोल फर्काए ।
बुधबार राति भएको खेलमा लिभरपुलले खेलको ८ मिनेटभित्रै २–० को आरामदायी अग्रता बनाएको थियो । छैटौ मिनेटमा नावी केइटाको पासमा सलाहले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै सलाहकै पासमा कप्तान हेन्डरसनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा इन्ज्युरी समयमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ७६औं मिनेटमा एन्ड्रिउ रोवर्टसनको पासमा सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३–१ को सहज जित दिलाए ।
जितसँगै लिभरपुलको ३४ खेलबाट ९२ अंक पुगेको छ । पराजित ब्राइटन ३६ अंक जोडेर १५औं स्थानमा यथावत छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]