default_image

5 years ago

July 9, 2020

न्युक्यासलमाथि सिटीको गोल वर्षा

183 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथ गोलको वर्षा गर्दै फराकिलो जित निकालेको छ । सिटीले न्युक्यासलमाथि ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा ग्याब्रियल जेसस, रियाद महारेज, डेभिड सिल्भा र रहिम स्ट्रलिङले गोल गर्दा एक गोल उपहार पाएको थियो । सिटीले खेलको शुरुवातदेखि नै गोलको श्रृखंला शुरु गर्दै अन्त्यसम्म राखेको थियो ।

एकपक्षीय बनेको खेलको १०औं मिनेटमा डेभिड सिल्भाको पासमा जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाए । २१औं मिनेटमा केभिड डि ब्रुयनको पासमा रियल महारजेले गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अघि बढ्यो ।

५८औं मिनेटमा फेडरिको फर्नान्डेजले आत्मघाती गोल गरेपछि सिटी सहज जिततर्फ अग्रसर बन्यो । ६५औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई खेलमा ४–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीको ३४ खेलबाट ६९ अंक पुगेको छ । पराजित न्युक्यासल ४३ अंक जोडेर १३औं स्थानमा छ ।

अन्य नतिजा

सेफिल्ड युनाइटेडविरुद्ध वल्भ्स (–०)

वेस्ट ह्याम युनाइटेडविरुद्ध बर्नली (०–)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.