default_image

5 years ago

July 9, 2020

इन्टर मिलानलाई पछि पार्दै एटलान्टा तेस्रो स्थानमा उक्लियो

149 views

0 Bookmark

एजेन्सी – साम्पडोरियामाथि सहज जित निकाल्दै एटलान्टाले इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा उक्लदै अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ ।

घरेलु मैदानमा साम्पडोरियामाथि २–० को जित निकाल्दै एटलान्टाले एक खेल कम खेलेको इन्टर मिलानलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । इटलान्टाको जितमा राफयल टोलोई र लुइस मुरिइलले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

पाहुना टोलीलाई खेलको शुरुवातदेखि नै दवावमा राखेपनि एटलान्टाले गोलको लागि दोस्रो हाप नै कुर्नुपरेको थियो । ७५औं मिनेटमा टोलोइले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा लुइस मुरिइलले गोल गर्दै एटलान्टालाई २–० को सहज जित दिलाए । जितसँगै एटलान्टाको ३१ खेलबाट ६६ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ६४ अंक छ । पराजित साम्पडोरिया ३२ अंक जोडेर १६औं स्थानमा यथावत छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.