5 years ago
July 9, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोली र रोमाले जित हात पारेको छ । नेपोलीले जिनोआमाथि जित निकाल्दा रोमाले पार्मालाई हराएको हो ।

बुधबार राति भएको खेलमा नेपोलीले जिनोआमाथि उसकै मैदानमा २–१ को कठिन जित निकालेको हो । नेपोलीको जितमा ड्रिज मर्टिन्स र हिर्भिङ लोजानोल गोल गरे । जिनोआका इडोअर्डाे गोल्डानिगाले सान्तवना गोल फर्काए । खेलको आठौं मिनेटमा इल्जिफ इलमासको गोलले भिएआरको मान्यता नपाएपनि नेपोलीले पहिलो हाफको इन्ज्युरी समयमा मर्टिन्सको गोलबाट अग्रता बनाएको थियो ।
४९औं मिनेटमा इडोअर्डाे गोल्डानिगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा हिर्भिङ लोजानोले गोल गर्दै नेपोलीलाई २–१ को जित दिलाए । जितसँगै नेपोली ३१ खेलबाट ५१ अंक जोडेर छैटौ स्थाना उक्लदा जिनोआ २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा यथावत छ ।

यस्तै अर्काे खेलमा रोमाले पार्मामाथि २–१ को पूनरागमन जित हात पारेको छ । रोमाको जितमा हेनरिक मिख्तरयान र जोर्डन भेरेटोउटले गोल गरे । पार्माका जुराज कुक्काले गरेको गोल सान्त्वना बन्यो । नवौं मिनेटमा जुराजको पेनाल्टी गोलबाट रोमा खेलमा पछि परेको थियो । ४३औं मिनेटमा मिख्तररियानले बराबरी गोल फर्काए । ५७औं मिनेटमा जोर्डनले गोल गर्दै रोमालाई २–१ को जित दिलाए ।
जितसँगै रोमा ३१ खेलबाट ५१ अंक जोडेर पाँचौ स्थानमा उक्लदा पार्मा ३९ अंक जोडेर १२औं स्थानमा यथावत छ । रोमाले नेपोलीलाई गोल अन्तरमा पछि पार्दै पाँचौ स्थानमा रहेको हो ।
अन्य खेल
फियोरेन्टिनाविरुद्ध काग्लिएरी (०–०)
बोलोग्नाविजरुद्ध सस्सुलो (१–२)
टोरिनोविरुद्ध ब्रेसिया (३–१)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]