default_image

4 years ago

July 9, 2020

घाइते हाजार्ड खेल्ने अनिश्चित

एजेन्सी – इंग्लिस क्लब चेल्सीबाट यसै सिजनको सुरुवातमा रियल म्याड्रिड पुगेका विंगर इडेन हाजार्ड फेरी एकपटक चोटको शिकार बनेका छन् । जुन महिनामा एस्पान्योलविरुद्ध खेलमा चोट बोकेका हाजार्ड त्यसयता मैदानमा उत्रिएका छैनन् । उनले बुधबार पनि सामुहिक प्रशिक्षणमा सहभागिता जनाएनन् । रियलमा खराब सुरुवातसँगै चोट बोकेका हाजार्ड कोरोनापछि पुनरागमनमा भने प्रभावशाली देखिएका थिए । तर […]

41 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीबाट यसै सिजनको सुरुवातमा रियल म्याड्रिड पुगेका विंगर इडेन हाजार्ड फेरी एकपटक चोटको शिकार बनेका छन् ।

जुन महिनामा एस्पान्योलविरुद्ध खेलमा चोट बोकेका हाजार्ड त्यसयता मैदानमा उत्रिएका छैनन् । उनले बुधबार पनि सामुहिक प्रशिक्षणमा सहभागिता जनाएनन् । रियलमा खराब सुरुवातसँगै चोट बोकेका हाजार्ड कोरोनापछि पुनरागमनमा भने प्रभावशाली देखिएका थिए । तर चोटले उनी फेरी विश्राममा बस्नुपरेको छ ।

एस्पान्योलविरुद्ध जितको दोस्रो हाफमा चोट लागेपछि उनले मैदान छाडेका थिए । त्यसपछि रियलले गेटाफे र एथ्लेटिक बिल्बाओलाई पराजित गर्दा उनी टोलीमा थिएनन् । यसै सिजन हाजार्ड दुई पटक एंकलको चोटले मैदान’बाहिर रहेका छन् । खेलको हिसाब नै गर्ने हो भनेपनि हाजार्डले २४ खेल गुमाईसकेका छन् ।

स्पेनिस रेडियो क्यादेना सेरका अनुसार हाजार्डले पुन: त्यहि एंकलमा चोट बोकेका छन् । परिक्षणका क्रममा ठूलो समस्या नदेखिएकाले क्लबले मानसिक रुपमा हाजार्ड तयार नरहेको हुनसक्ने आंकलन गरेको छ ।  तर हाजार्ड त्यो मान्न तयार छैनन् ।

हाजार्डले पछिल्लो समय विस्तृत परिक्षण भने गराएका छैनन् । उनी हाल पूर्ण रुपमा एंकललाई लक्षित गर्दै विशेष अभ्यास गरिरहेका छन् । उनले अलाभेसविरुद्ध खेलमा खेल्ने नखेल्ने अझैपनि टुंगो लागेको छैन । रियलले शुक्रबार राति घरेलु मैदानमा खेल्दैछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.