5 years ago
July 9, 2020
एजेन्सी– रियल म्याड्रिडले सिजन २०१९/२० को ला लिगा उपाधि जित्छ भने त्यसमा मुख्य योगदान फरवार्ड करिम बेन्जेमा र उनको उत्कृष्ट प्रदर्शनको रहनेछ । यद्दपी कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत गरेका महत्त्वपूर्ण गोललाई भुल्न भने मिल्दैन ।

रियलको अग्रपंक्ति सम्हालेका बेन्जेमाको योगदानका आधारमा लिग जित्नुको मुख्य श्रेय उनैलाई जान्छ । क्रिस्टियानो रोनाल्डोले रियल छाडेदेखि प्रशिक्षक जिनेदिन जिदानले बेन्जेमामाथि पूर्ण रुपमा विश्वास गर्दै आएका छन् । दुई वर्षअघि बेन्जेमाले आफ्नो खानपान, शारीरिक अवस्थालाई पहिला भन्दा अझै बढी चुस्ता बनाएका थिए । जसले गर्दा उनी चोटबाट टाढै रहे ।
लिगको शीर्षस्थानमा रहेको रियल ३४ औं ला लिगा उपाधिको नजिक छ । बेन्जेमाले टोलीका लगी यो सिजन सबैभन्दा धेरै खेल खेलेका छन् । अहिले सम्म लिगका ३३ मध्ये ३२ खेलमा उनी पहिलो रोजाईमा छन् । ती मध्ये पनि २२ खेलमा रियलले जित निकालेको थियो । बेन्जेमाले कप्तान रामोस, कासिमारो, गोलकिपर थिबाओट कोर्टियस र टोली क्रुसको भन्दा बढी समय मैदानमा बिताएका छन् ।

फ्रान्सेली अन्तर्राष्ट्रिय बेन्जेमाले यो सिजन १७ गोल गर्नुका साथै ७ असिस्ट गरेका छन् । उनको गोलसंख्या अझै बढ्न सक्थ्यो । उनको ५ वटा प्रहार क्रसबारमा लागेर फर्केको थियो । समग्रतामा उनको प्रदर्शन टोलीका लागि महत्त्वपूर्ण छ । उनले निस्वार्थ रुपमा रियलको आक्रमणमा अन्य खेलाडीसँग मिलाएको तालमेलले पनि टोलीलाई निकै फाइदा पुगेको छ ।
बेन्जेमाले रियलका लागि अहिले सम्म २ सय ४४ गोल गरिसकेका छन् क्लबको सर्वाधिक गोलकर्तामा उनी पाँचौं स्थानमा छन् । लिगको मध्यभागमा टोलीको प्रदर्शनमा एकरुपता हुन नसकेपछि बेन्जेमाले भने आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहे ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]