5 years ago
July 9, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत मंगलबार लेच्चेविरुद्ध खेलमा विपक्षी खेलाडीलाई टोकेपछि लाजियोका स्पेनिस डिफेन्डर प्याट्रिकलाई कारवाही गरिएको छ ।

२७ वर्षीय डिफेन्डर प्याट्रिकले दोस्रो हाफमा लाजियो २-१ ले पछाडी परेको अवस्थामा लेच्चेका गुलिओ डोनाटिको हातमा टोकेका थिए । रेफ्रीले उक्त घटना आफ्नो आँखाले नदेखेपनि लेच्चेका खेलाडीले अपिल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायता लिँदै रातो कार्ड देखाएका थिए ।
लिगले उनलाई ४ खेलमा निलम्बनसँगै १० हजार युरो जरिवाना गरेको छ । प्याट्रिकले अब जुलाई २० मा हुने शीर्षस्थानको युभेन्टससँगको खेल पनि गुमाउने छन् । उनले सामाजिक संजालमार्फत माफी समेत मागिसकेका छन् । ‘ मैले देखाएको व्यवहारको लागि माफी माग्दछु । म त्यसबेला बेहोसीमा थिएँ,’ उनले इन्स्टाग्राममा लेखेका छन् ।

प्याट्रिकले टोकेका डोनाटिले उक्त घटनामा कुनै चोट भने बोकेनन् । उनले प्याट्रिकको माफी पनि स्वीकार गरेका छन् ।’ कहिलेकाहीं खेलमा तनावको अवस्थामा के हुन्छ भन्न सकिन्न । गल्ति गर्नेले स्वीकार गरेपछि माफी दिनुपर्छ । खेलभित्रको कुरा त्यहाँ नै सकिन्छ,’ उनले भने ।
लाजियोलाई पछिल्लो समय चोटका कारण निकै समस्या हुँदै आएको थियो । लिगको यस निर्णयले टोलीलाई थप कठिन हुने भएको छ । युभेन्टसभन्दा ७ अंकले पछाडी रहेको लाजियो ७ खेल बाँकी रहँदा उपाधि होडमा नै रहन चाहन्छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]