default_image

4 years ago

July 10, 2020

सेभिल्लाको पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्लाले पूनरागमन जित निकाल्दै शीर्ष चारमा बलियो पकड बनाएको छ । सेभिल्लाले एथ्लेटिक क्लब बिल्वाओमाथि उसकै मैदानमा २–१ को पूनरागमन जित हात पारेको हो । सान मामेस बारिया बिल्वाओ स्पेनमा बिहीबार राति भएको खेलमा सेभिल्लाको जितमा इभर बनेगा र मुनिर इएल हाडडाडीले गोल गरे । एथ्लेटिकका एन्डर कापाले गरेको गोल […]

42 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्लाले पूनरागमन जित निकाल्दै शीर्ष चारमा बलियो पकड बनाएको छ । सेभिल्लाले एथ्लेटिक क्लब बिल्वाओमाथि उसकै मैदानमा २–१ को पूनरागमन जित हात पारेको हो ।

सान मामेस बारिया बिल्वाओ स्पेनमा बिहीबार राति भएको खेलमा सेभिल्लाको जितमा इभर बनेगा र मुनिर इएल हाडडाडीले गोल गरे । एथ्लेटिकका एन्डर कापाले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २८औं मिनेटमा कापाको गोलबाट घरेलु टोलीले दोस्रो हाफसम्म १–० को अग्रता बनाएको थियो । ६९औं मिनेटमा इभर बनेगाले गोल गर्दे खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७४औं मिनेटमा मुनिरले बनेगाकै पासमा गोल गर्दै सेभिल्लालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा सेभिल्ला विजयी हुन सफल भयो ।

जितसँगै चौथो स्थानमा रहेका सेभिल्लाको ३५ खेलबाट ६३ अंक पुगेको छ । जुन पाँचौ स्थानको भिल्ला रियलको भन्दा ६ अंकले बढी हो । तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग समान ६३ अंक रहेपनि सेभिल्ला हेड टु हेडमा पछि परेको हो । पराजित बिल्वाओ ४८ अंक जोडेर नवौं स्थानमा यथावत छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.