default_image

5 years ago

July 10, 2020

टोटेनहम र एभर्टन रोकियो

129 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपर र एभर्टन बराबरीमा रोकिएका छन् । टोटेनहम बर्नमाउथसँग तथा एभर्टन साउथह्याम्पटनसँग बराबरीमा रोकिएका हुन् ।

बर्नमाउथको मैदानमा ६५ प्रतिशत बल पोजेसनमा पकड जमाएपनि बलियो रक्षापङ्ति तोड्न नसक्दा टोटेनहम बर्नमाउथसँग अंक बाड्न बाध्य बन्यो । खेलको पाँचौ मिनेटमा टोटेनहमले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । पहिलो हाफमो इन्ज्युरी समयमा स्टानिसलासको प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाए ।

५०औं मिनेटमा ह्यारी केन र इरक लमेलाको समन्वयमा उत्कृष्ट मुभ बनेपनि केनको प्रहार बाहिरिँदा टोटेनहम अग्रता लिनबाट चुक्यो । ८५औं मिनेटमा स्टानिसलासले गोल गरेपनि उनी अफसाइड ठहरिए । त्यसपछि पनि गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।

बराबरीसँगै सातौ स्थानमा उक्लने मौका गुमाएको छ । टोटेनहम ३४ खेलबाट ४९ अंक जोडेर नवौं स्थानमा छ । सातौ स्थानमा रहेको सेफिल्डको ५१ तथा आर्सनलको ५० अंक छ । बर्नमाउथ २८ अंक जोडेर १८आं स्थानमा छ ।

यस्तै अर्काे खेलमा एभर्टन र साउथह्याम्पटनले १–१ गोलका बराबरी खेल्दै अंक बाँडेका छन् । साउथह्याम्पटनका ड्यानी इंग्सले गोल गर्दा घरेलु टोली एभर्टनका रिचार्लीसनले बराबरी गोल फर्काएका थिए । त्यसअघि २८औं मिनेटमा साउथह्याम्पटनका जेम्स वार्ड प्रोजले पेनाल्टी चुकाएका थिए ।

बराबरीसँगै एभर्टन ४५ अंक जोडेर ११औं तथा साउथह्याम्पटन ४४ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.