default_image

5 years ago

July 10, 2020

हेलास भेरोनासँग इन्टर मिलानको निराशजनक बराबरी

112 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलान हेलास भेरोनासँग निराशजनक बराबरीमा रोकिएको छ । फितलो प्रदर्शन गरेको इन्टर हेलास भेरोनासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

भेरोनाको मैदानमा बिहीबार राति भएको खेलमा घरेलु टोलीका डार्काे लाजोभिक र मिगुइल भेलोसोले गोल गर्दा इन्टर मिलानका एन्टेनियो क्यानड्रिभाले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको दोस्रो मिनेटमा नै डार्काे लाजोभिकले फेडरिको डिमार्काेको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ४९औं मिनेटमा एन्टेनियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

५५औं मिनेटमा फेडरिको डिमार्काेले आत्मघाती गोल गरेपछि इन्टर मिलानले खेलमा २–१ को अग्रता बनाएको थियो । तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा भेलोसोले बराबरी गोल गर्दै घरेलु टोलीलाई इन्टरबाट अंक खोस्न सफल भए ।

बराबरीसँगै इन्टर मिलानले तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । चौथो स्थानमा रहेको इन्टरको ६५ तथा तेस्रो स्थानमा रहेको एटलान्टाको ६६ अंक छ । भेरोना ४३ अंक जोडेर नवौं स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.