default_image

5 years ago

July 10, 2020

सेनाको मैदानमा बनाएको पूर्वाधार एन्फाद्वारा हस्तान्तरण

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाको भद्रकालीस्थित जंगी अड्डाको फुटबल मैदानका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माण गरि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार हस्तान्तरण गरेको छ ।


शुक्रबार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापती पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका थिए । अन्तर्राष्ट्रीय फुटबल प्रतियोगिता आयोजना गर्दा अभ्यास मैदानमा रुपमा सेनाको मैदान प्रयोग गर्ने उद्देश्यका साथ एन्फा र सेनाबीच सहकार्य भएको बताइएको छ ।

एन्फाले सेनाको मैदानमा आवश्यक पर्ने भिभिआइपी प्यारापिट मुनि रहेको २ वटा प्लेयर चेन्जिङ रुम, खेलाडीहरुका लागि व्यक्तिगत लकर, रेफ्री चेन्जिङ रुम, रेफ्रीका लागि लकर निर्माण गरेको थियो । त्यस्तै एन्फाले फिजियोथेरापी बेड, ऐन, फ्रिज, टेबल, तीन कोठामा कार्पेट लगाउनुका साथै रंग रोगन समेत गरिदिएको सेनाले जनाएको छ । निर्माण कार्यमा झन्डै १५ लाख रुपैयाँ खर्च भएको छ ।

असोजमा नेपालले विश्व कप छनोटको खेल आयोजना गर्दैछ । विश्व कप छनोट खेल्न अष्ट्रेलिया, चाइनिज ताइपे र जोर्डन फुटबल टोली नेपाल आउनेछन् । त्यसरी आउने विदेशी टोलीलाई अभ्यासका लागि त्यो मैदान स्तर उन्नती गर्न एन्फा र सेनाबीच सहमति भएको र त्यहि अनुरुप पूर्ननिर्माण भएको बताइएको छ ।

एन्फाका अध्यक्ष शेर्पाले सेनासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । प्रधानसेनापति थापाले नेपाली फुटबल विकासका लागि एन्फासँग भविष्यमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.