default_image

5 years ago

July 10, 2020

अलाभेसविरुद्ध रियललाई डिफेन्सको चिन्ता

179 views

0 Bookmark

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले शुक्रबार राति घरेलु मैदानमा अलाभेसको सामना गर्दा आफ्ना मुख्य तीन रक्षकविनै खेल्नुपर्ने भएको छ । खेल रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा नेपाली समयअनुसार शनिबार बिहान १ः४५ बजे हुनेछ ।

प्रतिबन्धका कारण कप्तान सर्जियो रामोस र ड्यानि कार्भाहल अलाभेसविरुद्धको टोलीमा हुनेछैन । प्रशिक्षण दौरान नै ब्राजिली लेफ्ट ब्याक मार्सेलोले पनि चोट बोकेपछि रियललाई थप समस्या उत्पन्न भएको हो । नाचो फर्नान्डेज एक महिना अघि देखि नै चोटसँग जुधिरहेका छन् ।

यस्तो अवस्थामा रियलको रक्षापङ्ति राफयल भरान, इडर मिलिटाओ र फरल्यान्ड मेन्डीको काँधमा आएको छ । ‘बी’ टिमका जाभी हर्नान्डेज र मिगुइल गुइटिरेजले पहिलोपटक रियलको सिनियर टोलीबाट खेल्न पाउने सम्भावना छ ।

नियमित कप्तान र उपकप्तान नै टोलीमा नरहेपछि रियलको कप्तानी करिम बेन्जेमाले सम्हाल्नेछन् । नियमित रक्षक नभएपनि रियल अलाभेसलाई पराजित गर्दै शीर्षस्थानमा बार्सिलोनासँगको अंक दुरी पुनः ४ मा पुर्याउँदै उपाधि यात्रालाई थप मजवुत बनाउने दाउमा हुनेछ ।

कोरोनापछिको सबै ७ खेलमा शतप्रतिशत जित निकालेको रियल सोही जितलाई निरन्तरता दिने अभियानमा हुनेछ । मिडफिल्डमा टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, फेडरिको भाल्भर्डे र इस्को रहनेछन् । चोटसँग जुधेका इडेन हाजार्डले अलाभेसविरुद्ध खेल्ने सम्भावना रहेको छ । करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, रोड्रिगो, ग्यारेथ बेल र लुकास भास्क्वेजले जुनसुकै बेला पनि खेललाई परिवर्तन गर्न सक्नेछ ।

यता, अलाभेस पनि रियलको मुख्य तीन डिफेन्डर नभएको फाइदा उठाउदै रियललाई स्तब्ध पार्ने दाउमा मैदानमा उत्रनेछ । पछिल्ला पाँच खेलमा पराजित रहेको अलाभेस जित निकाल्दै रेलिगेसन जोनभन्दा माथि उठ्ने लक्ष्यमा हुनेछ ।

नयाँ प्रशिक्षक मेन्दी जेरोजाको प्रशिक्षणमा अलाभेसले पहिलो खेल खेल्नेछ । लगातार पाँच खेलमा पराजय भोगेपछि डिपोर्टिभो अलाभेसले गत आइतबार एसियर गरितानोलाई बर्खास्त गरेको थियो ।

शीर्षस्थानको रियलको ३४ खेलबाट ७७ अंक छ । एक खेल बढी खेलेको बार्सिलोनाको ७७ अंक छ । रियल अलाभेससँग पराजित भएको अवस्थामा १ अंकको तथा बराबरीमा रोकिएको अवस्थामा २ अंकको अग्रतासहित शीर्षस्थानमा रहनेछ । अलाभेस ३५ अंक जोडेर १७औं स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.