default_image

5 years ago

July 10, 2020

च्याम्पियन्स लिग ड्र : सम्पूर्ण जानकारी

150 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत जारी सिजनका बाँकी खेलहरुको खेल तालिका निर्धारण गर्न शुक्रबार स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा समारोह हुँदैछ । नेपाली समयअनुसार समारोह दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

कोरोनाले च्याम्पियन्स लिग स्थगित हुनुअघि नै ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । इंग्लिस टोली टोटेनहम हट्सपर आरबी लाइप्जिगसँग पराजित हुँदा साविक विजेता लिभरपुल एटलेटिको म्याड्रिडसँग पराजित भएको थियो । पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमुन्डलाई हराउँदै अगाडी बढेको थियो ।

राउन्ड अफ १६ मा अझैपनि ४ खेल बाँकी रहेको छ । चेल्सीले पहिलो लेगमा बायर्नसँग ३-० को हार बेहोरेको थियो । नेपोलीले घरेलु मैदानमा खेल्दा नेपोलीसँग पहिलो लेगमा खेलेको १-१ को बराबरीलाई सुधार्ने प्रयास गर्नेछ । रियल म्याड्रिड घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग भोगेको २-१ को हारको बदला लिने सुरमा हुनेछ । लियोन पहिलो लेगमा १-० को जित दर्ता गरेपछि दोस्रो लेगमा कम्तिमा त्यसलाई बचाउन तत्पट हुनेछ ।

ड्र कसरी हुन्छ ?

समग्रमा आज हुने समारोहमा तीन पटक ड्र हुनेछ । पहिलो ड्र क्वाटरफाइनल चरणमा तालिका निर्धारण गर्न हुनेछ । दोस्रो ड्रले सेमिफाइनल चरणका खेल निर्धारण गर्नेछ । तेस्रो ड्र भने कुन टोली घरेलु टोलीका रुपमा रहने भन्ने निर्धारण गर्न हुनेछ । बाँकी चरणका खेल एक लेगमा हुने भएपनि प्रशासनिक कारणले यो निर्धारण गर्नुपर्ने हुन्छ ।

क्वाटरफाइनल चरणदेखि जुनसुकै टोलीको पनि सामना गर्नुपर्ने हुन्छ । राउन्ड अफ १६ सम्म भने एकै देशका टोलीले एक अर्कासँग खेल्न नपर्ने प्रावधान रहेको थियो । राउन्ड अफ १६ कै खेल बाँकी रहेपनि सेमिफाइनलसम्म कै खेल तालिका निर्धारण हुनेछ ।

खेल कहाँ हुनेछ ?

क्वाटरफाइनल चरणदेखि सबै खेल पोर्चुगलको लिस्बनमा आयोजना हुनेछ । राउन्ड अफ १६ का खेल भने सम्बन्धित क्लबहरुले एक आपसमा छलफल गरेर तय गर्नेछन् । सबै खेल एक लेगको हुने भएकाले खेल बराबरीमा भए अतिरिक्त समय र त्यसपछि टाइब्रेकरमा पुग्नेछ ।

खेल हुने मिति :

अगस्ट ७-८ : राउन्ड अफ १६ का बाँकी खेल

अगस्ट १२-१५ : क्वाटरफाइनल

अगस्ट १८-१९ : सेमिफाइनल

अगस्ट २३ : फाइनल

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.