5 years ago
July 10, 2020
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन कम्तीमा पनि आठ साता मैदान बाहिर रहने भएका छन् । ब्राइटन होभ अल्वियोनविरुद्धको ३–१ को जित निकालेको खेलमा हेन्डरसनले गम्भीर चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

यससँगै हेन्डरसनले यो सिजनको बाँकी रहेको चार खेलसँगै अर्काे सिजनको सुरुवाती खेल गुमाउने सम्भावना रहेको छ । प्रिमियर लिगको अर्काे सिजन सेप्टेम्वर पहिलो सातादेखि शुरु हुदैछ । हेन्डरसनले ७९औं मिनेटमा बाँया घुँडामा गम्भिर चोट लागेको देखिएको छ ।
घुँडाको लिगामेन्ट च्यातिएका कारण उनलाई पुर्णरुपमा फिट हुनको लागि कम्तीमा पनि आठ साता लाग्न सक्ने चिकित्सकले बताएका छन् ।
३० वर्षीय इंग्ल्यान्डका हेन्डरसनले सेप्टेम्बर पहिलो साता हुने नेसन्स लिगको दुई खेल पनि गुमाउने भएको छ । इंग्ल्यान्डले सेप्टेम्वर ५ मा आइसल्यान्ड तथा सेप्टेम्वर ८ मा डेनमार्कसँग खेल्ने तय छ ।

प्रिमियर लिगमा कीर्तिमानी एक सय अंक छुने दाँउमा रहेको लिभरपुललाई हेन्डरसनको चोटले समस्या पर्न सक्नेछ । प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलले अब बर्नली, आर्सनल, चेल्सी र न्युक्यासल युनाइटेडसँग खेल्न बाँकी छ । लिभरपुललाई म्यानचेस्टर सिटीसँगको कीर्तिमान बराबरी गर्न अब चार खेलबाट ८ अंकको खाँचो छ ।

२२ जुलाईको रातिमा घरेलु मैदानमा हुने चेल्सीसँगको खेलपछि लिभरपुलले प्रिमियर लिगको ट्रफी उचाल्ने छ । त्यसपछि लिभरपुलले न्युक्यासलसँग २६ जुलाईमा यो सिजनको अन्तिम खेल खेल्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]