5 years ago
July 11, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली लेफ्टब्याक मार्सेलो कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएको छ । यससँगै मार्सेलोले यो सिजनको ला लिगाको बाँकी रहेको सबै तीन खेल गुमाउने पक्का भएको छ ।

रियल म्याड्रिडको मेडिकल टिमले गरेको परिक्षणपछि उनी कम्तीमा पनि तीन साता मैदान बाहिर रहने पक्का भएको रियलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले बाँया मसल्समा समस्या भएको बुझिएको छ ।
उपाधिनजिक रहेको रियलले अब ग्रानडा, भिल्लारियल र लेगानेससँग खेल्न बाँकी छ । रियललाई उपाधि जित्न केवल ५ अंकको खाँचो छ ।
एथ्लेटिक क्लब बिल्वाओमाथि १–० को जित निकालेको खेलमा मार्सेलोले चोट बोकेका थिए । चोट बोक्दा बोक्दै पनि उनले पुरा समय मैदानमा बिताएका थिए । मार्सेलोलाई नै पेनाल्टी बक्समा फउल गरेपछि रियलले पेनाल्टीमार्फत गोल गर्दै जित निकालेको थियो ।
चोटकै कारण मार्सेलोले डिपोर्टिभो अलाभेसमाथि २–० को जित निकालेको खेल पनि गुमाएका थिए । मार्सेलो इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलको लागि पुर्ण फिट हुने क्लबले जनाएको छ ।
‘उनको स्वास्थमा क्रमिक सुधार हुदै गइरहेको छ । सिटीविरुद्धको खेलमा उपलब्ध हुने हामीले विश्वास लिएका छौं ।’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रियलले ७ अगस्टमा सिटीको मैदानमा प्रतिस्पर्धा गर्दैछ । रियल घरेलु मैदानमा २–१ ले पछि परेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]