default_image

5 years ago

July 12, 2020

पीएसजीले प्रशिक्षण थाल्यो

142 views

0 Bookmark

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्चयता पहिलोपटक प्रशिक्षण थालेको छ । पीएसजीले च्याम्पियन्स लिगको लागि झन्डै चार महिनापछि शुक्रबारदेखि प्रशिक्षण थालेको हो ।

पहिलो दिनको प्रशिक्षणमा पहिलो रोजाईका नेयमार, केलियन एमबाप्पे, मोउरो इकार्डी, एन्जल डि मारिया, मार्काे भेराट्टी, जुलियन ड्राक्सलर, केलर नाभाससँगै प्रायः सबै खेलाडीको उपस्थिति रहेको थियो । पीएसजीले च्याम्पियन्स लिगको खेल अघिसम्म प्रशिक्षणका साथै केही मैत्रीपुर्ण खेल खेल्ने तालिका बनाएको छ ।

पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दैछ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई तथा एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सियालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । क्वाटरफाइनलदेखि सबै खेलहरु पोर्चुगलको लिस्वनमा मिनि टुर्नामेन्टको रुपमा १२ देखि २३ अगस्टसम्म हुनेछ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि फ्रान्समा मार्चको पहिलो सातापछि खेलकुद गतिविधि ठप्प भएको थियो । त्यसपछि फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपेले फ्रान्समा सेप्टेम्वरसम्म खेलकुदको गतिविधि नगर्न निर्देशन दिएपछि फ्रेन्च लिग वान आयोजक (एलएफपी) ले सिजन अन्त्यको घोषणा गर्दै शीर्षस्थानमा रहेको पीएसजीलाई १० खेल बाँकी छदै फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको थियो ।

फ्रान्समा खेलकुद गतिविधि ठप्प रहेपनि स्पेन, जर्मनी, इंग्ल्यान्ड र इटलीमा विभिन्न प्रोटोकल अपनाएर लिग सुचारु भइसकेको छ । जर्मन बुन्डेस लिगा सम्पन्न भइसक्दा अन्य लिगहरु पनि सकिने संघारमा पुगिसकेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.