default_image

5 years ago

July 11, 2020

च्याम्पियन्स लिग : फाइनल पुग्न ठूला टोलीलाई कठिन चुनौती

200 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत यसपटक विगतभन्दा भिन्दै तरिकाले प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

सामान्यतया हरेक चरणपछि खेल तालिका निर्धारण गरिने भएपनि यसपटक कोरोना संक्रमणका कारण सिर्जित परिस्थितिले गर्दा फाइनलसम्मकै खेल तालिका सार्वजनिक गरिएको हो । शुक्रबार स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा आयोजित ड्र समारोहमा प्रतियोगिताको पूर्ण खेल तालिका सार्वजनिक गरिएको हो ।

तालिकाअनुसार हालसम्म उपाधि जित्न नसकेको एउटा टोली फाइनलसम्म पुग्ने पक्का भएको छ । तालिकाको एकातिर नयाँ टोलीहरुको बाहुल्यता रहँदा अर्कोतर्फ भने पूर्वविजेताहरुले एक अर्काको सामना गर्नेछन् । यसपटक क्वाटरफाइनलदेखि सबै खेल एक लेगको मात्र हुनेछन् र सम्पूर्ण खेल पोर्चुगलको लिस्बनमा हुनेछ ।

तालिकाको एकतर्फ रियल म्याड्रिड, युभेन्टस, बार्सिलोना, चेल्सी र बायर्न म्युनिख रहेका छन् । यी ५ टोलीले कुल २६ पटक युरोपेली च्याम्पियन्स लिग उपाधि जितेका छन् । तर यसपटक यी ५ मध्ये एक टोलीले मात्र फाइनलमा स्थान बनाउने छन् । फाइनल अगस्ट २३ मा लिस्बनको स्टेडियम अफ लाइटमा हुनेछ ।

एकातर्फ उपाधि विजेताको घुइँचो रहँदा अर्कोतर्फ भने नयाँ टोलीहरुको जमघट छ । तीन पटक फाइनल पुगेको एटलेटिकोले जर्मन टोली आरबी लाइप्जिगको सामना गर्दैछ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले एटलान्टासँग खेल्नेछ । लाइप्जिग र एटलान्टाको यो पहिलो सहभागिता पनि हो ।

राउन्ड अफ १६ मा अझैपनि ४ खेल बाँकी रहेको छ । चेल्सीले पहिलो लेगमा बायर्नसँग ३-० को हार बेहोरेको थियो । बार्सिलोनाले घरेलु मैदानमा खेल्दा नेपोलीसँग पहिलो लेगमा खेलेको १-१ को बराबरीलाई सुधार्ने प्रयास गर्नेछ । रियल म्याड्रिड घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग भोगेको २-१ को हारको बदला लिने सुरमा हुनेछ । लियोन पहिलो लेगमा १-० को जित दर्ता गरेपछि दोस्रो लेगमा कम्तिमा त्यसलाई बचाउन तत्पर हुनेछ ।

क्वाटरफाइनलका खेलहरु :

क्वाटरफाइनल १ : रियल म्याड्रिड वा म्यानचेस्टर सिटी विरुद्ध लियोन वा युभेन्टस

क्वाटरफाइनल २ : आरबी लाइप्जिग विरुद्ध एटलेटिको म्याड्रिड

क्वाटरफाइनल ३ : नेपोली वा बार्सिलोना विरुद्ध बायर्न म्युनिख वा चेल्सी

क्वाटरफाइनल ४ : एटलान्टा विरुद्ध पेरिस सेन्ट जर्मेन

सेमिफाइनल :

क्वाटरफाइनल १ विरुद्ध क्वाटरफाइनल ३

क्वाटरफाइनल २ विरुद्ध क्वाटरफाइनल ४

फाइनल :

सेमिफाइनल २ विरुद्ध सेमिफाइनल १

खेल कहाँ हुनेछ ?

क्वाटरफाइनल चरणदेखि सबै खेल पोर्चुगलको लिस्बनमा आयोजना हुनेछ । राउन्ड अफ १६ का खेल भने सम्बन्धित क्लबहरुले एक आपसमा छलफल गरेर तय गर्नेछन् । सबै खेल एक लेगको हुने भएकाले खेल बराबरीमा भए अतिरिक्त समय र त्यसपछि टाइब्रेकरमा पुग्नेछ ।

खेल हुने मिति :

अगस्ट ७-८ : राउन्ड अफ १६ का बाँकी खेल

अगस्ट १२-१५ : क्वाटरफाइनल

अगस्ट १८-१९ : सेमिफाइनल

अगस्ट २३ : फाइनल

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.