5 years ago
July 11, 2020
एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले टोटेनहम हट्स्पर छोड्नुअघि क्लबलाई उपाधि जिताउने दाबी गरेका छन् ।

मोउरिन्होले गत नोभेम्बरमा मात्र ३ वर्षको लागि सम्झौता गर्दै टोटेनहममा आबद्ध भएका थिए । सिजनको सुरुवातमा माउरिसियो पोचेटिनोले टोलीलाई अपेक्षित नतिजा दिन नसकेपछि टोटेनहमले प्रशिक्षक परिवर्तन गरेको थियो । मोउरिन्होको प्रशिक्षणमा पनि क्लबले सुखद नतिजा निकाल्न सकिरहेको छैन ।
टोटेनहमले सन् २००८ यता कुनै उपाधि जित्न सकेको छैन । त्यसबेला लिग कप जितेको टोटेनहम गत सिजन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको हातबाट हार बेहोरेको थियो । यस सिजन पनि क्लबले कुनै उपाधि नजित्ने पक्का भएको छ । तर मोउरिन्होले भने आफ्नो सम्झौता सकिनुअघि नै उपाधि जित्ने दाबी गरेका छन् ।
‘ मेरो सम्पूर्ण ध्यान ३ वर्षे सम्झौतामा छ । मलाई विश्वास छ तीन वर्षे कार्यकालमा हामीले उपाधि जित्नेछौं । यदि मैले सकिन भनेपनि क्लबले नयाँ युगमा उपाधि जित्नु भनेको सुखद नै हुन्छ,’ मोउरिन्होले भने ।
‘म क्लबको लागि काम गरिरहेको छु । म आफ्नोबारे मात्र सोचिरहेको छैन । मेरो र क्लबको सोचाइ एउटै छ र लक्ष्य पनि । अहिले मैले आफ्नो इतिहास भन्दापनि क्लबको नयाँ इतिहास रच्नेबारे सोचिरहेको छु,’ उनले थपे ।
‘म पहिलो दिनदेखि नै सकारात्मक सोचका साथ काम गरिरहेको छु । हामी केहि परिवर्तन ल्याउन सक्छौं भन्ने सोचका साथ अगाडी बढेका छौं । हामीले पछिल्लो सिजनजस्तो धेरै खर्च गर्न पनि जरुरि छैन,’ मोउरिन्होले भने ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]