default_image

5 years ago

July 14, 2020

‘युरो कप जीवनकै महत्त्वपूर्ण उपाधि’- रोनाल्डो

245 views

0 Bookmark

एजेन्सी – पोर्चुगलले ४ वर्षअघि फ्रान्समा भएको युरो कपको उपाधि जितेको शुक्रबार ४ वर्ष पुरा भएको छ । यस क्षणलाई टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल जीवनकै महत्त्वपूर्ण क्षणका रुपमा ब्याख्या गरेका छन् ।

युभेन्ट्सका सुपरस्टार रोनाल्डोले ५ वटा च्याम्पियन्स लिग उपाधि जित्नुलाई पनि उपलब्धिका रुपमा लिएका छन् । रोनाल्डोले रियल म्याड्रिडबाट ४ र म्यानचेस्टर युनाइटेडबाट एउटा च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

‘चार वर्षअघिको यो दिन हाम्रो लागि एतिहासिक र असाधारण थियो,’ उनले ट्विट गरेका छन्, ‘मरो लागि विना कुनै दुविधा त्यो खेल जीवनकै सबैभन्दा महत्त्वपूर्ण उपाधि हो ।’

आयोजक फ्रान्सलाई अतिरिक्त समयमा पुगेर १–० ले हराउँदै पोर्चुगल पहिलो पटक युरो कप च्याम्पियन बनेको थियो । फाइनलमा चोटका कारण रोनाल्डोले भने २५ औें मिनेटमै मैदान छाड्न परेको थियो ।

हरेक ४ वर्षमा आयोजना हुने युरो कपको यसपटकको संस्करण कोरोना भाइरसका कारण एक वर्षका लागि सारिएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.