5 years ago
July 11, 2020
एजेन्सी – स्पेनिस ला लिगाको यो सिजन सकिने संघारमा पुगेको छ । ला लिगाको तीन चरणको खेल बाँकी रहँदा उपाधि दौडमा रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोना रहेका छन् ।

ला लिगाको ३५औं चरणको खेल सकिँदा रियलले साविकको विजेता बार्सिलोनालाई ४ अंकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । ला लिगामा आजदेखि ३६औं चरणको खेलहरु सुरु हुनेछ । उपाधि दौडमा रहेको बार्सिलोनाले आज राति तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी रियल भालाडोलिडको सामना गर्दैछ । खेल भालाडोलिडको मैदानमा नेपाली समयअनुसार राति ११ः४५ बजे हुनेछ ।
उपाधि यात्रालाई जीवितै राख्न बार्सिलोनालाई जित बाहेकको विकल्प छैन । त्यसैले बार्सिलोना भालाडोलिडविरुद्ध जितको लक्ष्यसहित मैदान उत्रनेछ । भालाडोलिडसँग पराजित भएमा बार्सिलोनाको उपाधि होड कमजोर मात्रै बन्ने छैन सोमबार ग्रानडालाई पराजित गरेमा रियल दुई खेल बाँकी छदै ला लिगाको च्याम्पियन बन्नेछ ।
भालाडोलिडलाई हराएमा बार्सिलोनाले रियलसँगको अंक दुरी समेत १ मा झार्दै उपाधि यात्रालाई जीवितै राख्नेछ । बराबरीले ३ तथा हारले बार्सिलोना चार अंकले पछि पर्नेछ । अग्रपङ्तिका तीन खेलाडी कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमनको समन्वय मिलिरहेको छ ।
भालाडोलिड पनि बार्सिलोनालाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने अभियानमा हुनेछ । बार्सिलोनाको ३५ खेलबाट ७६ अंक तथा रियलको ८० अंक छ । ३९ अंक जोडेको भालाडोलिड १४औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत अर्काे खेलमा एट्लेटिको मड्रिड र रियल बेटिस तथा ओसासुना र सेल्टा डि भिगोबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]