5 years ago
July 11, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबारको खेलमा दोस्रो स्थानको लाजियो घरेलु मैदानमा सासुओलोसँग २- १ ले पराजित भएको छ । खराब लयबाट गुज्रिरहेको लाजियोले पछिल्लो ६ खेलमा चौथो पटक हार बेहोर्दै लिगको उपाधि होडबाट लगभग बाहिरिने देखिएको हो ।

शनिबारको खेलमा लाजियोले सुरुवाती अग्रता लिएपनि दोस्रो हाफमा दुई गोल खाएको थियो । लुइस अल्बर्टोले ३३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा जियाकोमो रास्पादोरीले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले फ्रान्सेस्को कापुटोको पासलाई सदुपयोग गरेका थिए ।
इन्ज्युरी समय नजिकिंदै गर्दा कापुटोले गोल गर्दै सासुओलोको जित पक्का गरे । उनले जियान मार्को फरारीको पासमा गोल गरेका थिए । सासुओलोको यो लगातार तेस्रो अवे जित हो । सासुओलो यस जितसँगै ३२ खेलमा ४६ अंक जोड्दै आठौं स्थानमा छ ।

यता लाजियो भने ३२ खेलमा ६८ अंक जोड्दै दोस्रो स्थानमा सिमित छ । आज हुने युभेन्टस र एटलान्टाको खेलले लाजियोको स्थान परिवर्तन हुन सक्नेछ । एटलान्टा ६६ अंकसहित तेस्रो स्थानमा छ भने युभेन्टस ७५ अंकसहित शीर्षस्थानमा छ । आजको खेलमा युभेन्टस जिते शीर्षस्थानमा १० अंकको अग्रता बनाउनेछ । एटलान्टाले जितेको खण्डमा युभेन्टसको अग्रता ६ अंकमा झर्नेछ र एटलान्टा दोस्रो स्थानमा उक्लनेछ ।
युभेन्टस अघिल्लो खेलमा एसी मिलानसँग भोगेको ४–२ को हारको पीडालाई एटलान्टाको खेलबाट भुल्ने प्रयासमा हुनेछ । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, म्याथ्थिज डि लेग्ट, जुवान कोर्डाडो र मिरालेम प्यानिचजस्ता खेलाडीको साथ युभेन्टसलाई हुनेछ ।

यता, लयमा रहेको एटलान्टा पनि युभेन्टसलाई पराजित गर्दै सिरी ‘ए’ मा शीर्ष चारमा रहने सम्भावनालाई बलियो बनाउन चहान्छ । एटलान्टा पछिल्लो १३ खेलमा अपराजित रहेको छ । जनवरीमा एसपालसँग २–१ ले पराजित भएयता एटलान्टाले १२ जित र एक बराबरीको नतिजा निकालेको छ । डुभान जापाटा, एलेसान्द्रो गोमेज, रोविन गोसेन्स र लुइस मुरेलजस्ता खेलाडीहरुले युभेन्टसको रक्षापङ्तिलाई लगातार दवाव सिर्जना गर्न सक्नेछ ।
हेड टु हेडमा युभेन्टसले १६ खेलमा जित हात पार्दा एटलान्टाले १ खेलमा मात्रै जित निकाल्दा ४ खेल बराबरीमा टुंगिएको छ । शीर्षस्थानको युभेन्टसको ३१ खेलबाट ७५ अंक छ । तेस्रो स्थानको एटलान्टाको ६६ अंक छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]