default_image

5 years ago

July 12, 2020

रोनाल्डोको दुई गोलले युभेन्टस हारबाट जोगियो

174 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टस इटालियन सिरी ‘ए’ मा एटलान्टासँगको हारबाट जोगिएको छ ।


घरेलु मैदान एलिएज्न एरिना टुरिनमा शनिबार राति भएको खेलमा युभेन्टसले एटलान्टासाग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसका लागि दुवै गोल रोनाल्डोले पेनाल्टीमार्फत गर्दा एटलान्टाका डुभान जापटा र रुस्लान मालिनोचिस्कीले गरे ।

खेलको १६औं मिनेटमा जापटाको गोलबाट एटलान्टाले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो । उनले एलेजान्द्रो गोमेजको पासमा गोल गरेका थिए । ३१औं मिनेटमा जापटाले एटलान्टाका लागि अग्रता दोब्बर बनाउने अवसर खेर फाल्यो । ३२औं मिनेटमा पाउलो डिबालाले बराबरी गोल गर्ने अवसर चुकाउदा युभेन्टस पहिलो हाफमा १–० ले पछि परेको थियो ।

एक गोलले पछि परेको युभेन्टसले ५५औं मिनेटमा खेललाई बराबरीमा ल्याए । पाउलो डिबालाले क्रस गरेको बललाई एटलान्टाका डिफेन्डर मार्टिन डि रुमले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८०औं मिनेटमा लुइस मुरिएलको पासमा रुस्लानले गोल गर्दै एटलान्टालाई खेलमा पुनः २–१ को अग्रता दिलाए । मुरिएलले दुई डिफेन्डरलाई बिट गर्दै दिएको पासमा सब्सिच्युट रुस्लानले गोल गर्न सफल भएका थिए । ९०औं मिनेटमा युभेन्टसले पुनः पेनाल्टीको अवसर प्राप्त ग¥यो ।
लुइस मुरिएलले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले पुनः युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो चुकेनन् ।

कोरोनापछिको पछिल्लो ६ खेलमा रोनाल्डोको यो सातौ गोल हो । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा टुंगियो । बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ । युभेन्टसको ३२ खेलबाट ७६ अंक पुगेको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको लाजियोको ६८ तथा तेस्रो स्थानमा रहेको एटलान्टाको ६७ अंक रहेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.