5 years ago
July 12, 2020
एजेन्सी – इंग्लिस फरवार्ड रहिम स्टर्लिङको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ब्राइटनमाथि फराकिलो जित हात पारेको छ । सिटीले घरेलु टोली ब्राइटनमाथि ५–० को फराकिलो जित हात पारेको हो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार सात भएको खेलमा सिटीको जितमा रहिमको ह्याट्रिकसँगै ग्याब्रियल जेसस र बर्नाडो सिल्भाले पनि गोल गरे । सिटीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल थीन सफल भएको थियो । खेलको २१औं मिनेटमा ग्याब्रियल जेससको पासमा रहिमले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

४४औं मिनेटमा रोड्रीको पासमा जेससले गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । ५३औं मिनेटमा स्ट्रलिङले रियाद महारेजको पासमा गोल गरेपछि सिटीले खेलमा ३–० को अग्रता बनायो । ५६औं मिनेटमा बर्नाडो सिल्भाले जेससको पासमा गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

८१औं मिनेटमा स्टर्लिङले ह्याट्रिक पुरा गरेपछि सिटीले ५–० को फराकिला जित निकाल्न सफल भयो । जितसँगै सिटीको यो सिजन दोस्रो स्थान लगभग पक्का भएको छ । सिटीको ३५ खेलबाट ७२ अंक पुगेको छ । पराजित ब्राइटन ३६ अंक जोडेर १५औं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]