5 years ago
July 12, 2020
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । बल पोजेसनमा पकड जमाएपनि चेल्सीले घरेलु टोली सेफिल्डसँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

यो हारले चेल्सीको शीर्ष चारको सम्भावना पनि आफ्नो हातबाट बाहिरिएको छ । तेस्रो स्थानमा रहेको चेल्सी एक खेल कम खेलेको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग मात्रै दुई अंकले अघि छ ।
दुवै टोलीले जित हात पारेको खण्डमा चेल्सी पाँचौ स्थानमा ओर्लने छ । लेस्टर सिटीले बर्नमाउथ तथा म्यानचेस्टरले साउथह्याम्पटनसँग आज राति खेल्दैछ ।

ब्रामल लेन सेफिल्डमा शनिबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध बनाउन घरेलु टोलीका डेभिड म्याकगोल्डरिकले दुई तथा ओलिभर म्याकब्रुनीले एक गोल गरे ।
खेलको १८औं मिनेटमा डेभिडको गोलबाट सेफिल्डले खेलमा अग्रता बनाएको थियो । चेल्सीको कमजोर डिफेन्सको फाइदा उठाउदै डेभिडले गोल गर्न सफल भएका थिए ।

३३औं मिनेटमा इन्डा स्टेभेन्सको उत्कृष्ट पासमा ओलिभरले गोल गर्दै सेफिल्डको अग्रता दोब्बर पारे । खेलमा २–० ले पछि परेको चेल्सीले बल पोजेसनमा पकड बनाएपनि सेफिल्डको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।
७७औं मिनेटमा डेभिडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सेफिल्डको जित पक्का गरे । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी ३–० को लज्जास्पद हार चाख्न बाध्य बन्यो ।
हारसँगै चेल्सी ३५ खेलबाट ६० अंक जोडेर तेस्रो स्थानमा यथावत छ । चेल्सीमाथि पाएको सानदार जितले सेफिल्डको पनि शीर्षचारको सम्भावना जीवितै रहेको छ । सेफिल्ड ५४ अंक जोडेर छैटौ स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]