default_image

5 years ago

July 12, 2020

कोस्टाको निर्णायक गोलको एट्लेटिकोको जित

151 views

0 Bookmark

एजेन्सी – भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) बाट दुई गोलले मान्यता नपाएपनि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसमाथि १–० को झिनो जित हात पारेको छ ।

१० खेलाडीमा सेमटिएको घरेलु टोलीका लागि डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण ३ अंक दिलाए । यो जितसँगै एट्लेटिकोले अर्काे सिजनको लागि युइएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ ।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलको २२औं मिनेटमा एन्जल कोरेराले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा एट्लेटिको अग्रता लिनबाट चुकेको थियो ।

कप्तान कोकीको प्रहारलाई गुइडो रोड्रिग्वेजले ब्लक गर्दै गरेको थियो । रिवाउन्डमा कोरेराले तेस्रो प्रयासमा भलीमार्फत गोल गरेपनि उनको प्रहार मार्काेस लोरेन्टको हातमा लागेको थियो ।

त्यसपछि रियल बेटिसले तीन आक्रमण बुनेपनि एट्लेटिकोका गोलरक्षक जान ओब्लाक बाधक बने । ३५औं मिनेटमा अल्भेरो मोराटाको गोलले पनि भिएआरको मान्यता पाएन । कोकीको पासमा मोराटाले गोल गरेपनि उनी अफसाइड ठहरिएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा नेविल फेकिरले अवसर पाएपनि चुकाउदा भ्रमणकारी टोलीले खेलमा अग्रता लिने अवसर गुमायो ।

५७औं मिनेटमा मारियो हेर्मोसो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटियो । लोरेन मोरोनलाई अनावश्यक ट्याकल गरेपछि रेफ्री जोसे लुइस गोन्जालेजले मारियोलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।

१० खेलाडीमा समेटिएपनि डिएगो कोस्टाले ७४औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । यान्निक कारास्कोको फ्रिकिकलाई कोस्टाले १० यार्डबाट हेडमार्फत गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयमा एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले गुइडो रोड्रिग्वेजको प्रहारलाई उत्कृष्ट बचाउ गरेपछि एट्लेटिकोले १–० को जित दर्ता गर्न सफल भयो ।

जितसँगै तेस्रो स्थानमा रहेको एट्लेटिकोको ३६ खेलबाट ६६ अंक पुगेको छ । पराजित रियल बेटिस ४१ अंक जोडेर १३औं स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.