default_image

5 years ago

July 12, 2020

मेस्सीलाई विश्राम अत्यावश्यक

183 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले कोरोनापछि लिग सुरु भएयता सबै खेलमा पूरा समय खेलेका छन् ।

क्लबका प्रशिक्षक किके सेटिन पनि मेस्सीलाई विश्राम अति आवश्यक रहेको स्वीकार्छन् । तर त्यसो गर्न सक्ने अवस्थामा भने छैनन् । शनिबार रियल भालाडोलिडविरुद्ध जितपछि सेटिनले मेस्सीलाई विश्राम दिन चाहेर पनि खेलको अवस्थाका कारण त्यसो गर्न नसकेको बताए ।

‘ मेस्सीलाई विश्रामको एकदम खाँचो छ । तर खेल निकै प्रतिस्पार्धात्मक थियो । हामीले पहिलो हाफमा नै अग्रता बढाएको भए केहि खेलाडीलाई विश्राम दिने थिएँ । तर १-० को अग्रता हुँदा मेस्सीलाई परिवर्तन गर्न सकिन्न,’ सेटिनले भने ।

मेस्सीले विश्राम नपाएपनि अर्का फरवार्ड लुइस सुआरेज भने शनिबार पहिलो रोजाईमा थिएनन् । उनी दोस्रो हाफमा मैदान छिरेका थिए । ‘सुआरेजलाई पनि विश्राम चाहिएको थियो । उनले लगातार ५ खेल खेलेका थिए । शनिबार केहि विश्रामले उनलाई मदत पुग्नेछ,’ सेटिनले भने ।

एन्टोइन ग्रिजमन पहिलो हाफपछि परिवर्तन हुनुको कारण भने चोट नै रहेको सेटिनले प्रष्ट पारे । ‘ ग्रिजमन आफैंले हाफपछि आफूलाई केहि असहज भएको बताए । हामीले अहिले केहि भन्ने अवस्था छैन । विस्तृत परिक्षणपछि उनको रिपोर्ट हेरेर के गर्ने थाहा हुन्छ,’ सेटिनले थपे ।

चोटका कारण ओस्मान डेम्बेले लामो समयदेखि मैदानबाहिर छन् । यस्तै फ्रांकी डे योङको चोटले पनि बार्सिलोनाको मिडफिल्डमा केहि समस्या उत्पन्न भएको छ । डिफेन्डरद्वय स्यामुएल उम्टिटी र जुनिअर फिर्पो पनि फिट हुन संघर्षरत छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.