5 years ago
July 12, 2020
एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले स्पेनिस ला लिगमा नयाँ कीर्तिमान रचेका छन् ।

शनिबार भालाडोलिडविरुद्ध खेलमा १–० ले जित निकाल्दा मेस्सीले सिजनको २० औं असिस्ट प्रदान गरेका थिए । उनकै पासमा आर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण जित दिलाएका थिए । उक्त जितले बार्सिलोनाको उपाधि जित्ने गणितीय सम्भावना कायम नै रहेको थियो ।
भालाडोलिडविरुद्ध दिएको असिस्टसँगै मेस्सी ला लिगामा एकै सिजन २० भन्दा बढी गोल र असिस्ट दिने पहिलो खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान इंग्लिस प्रिमियर लिगमा फ्रान्स तथा इंग्लिस क्लब आर्सनलका थिएरी हेनरीले २००२-०३ को सिजनमा २४ गोल र २० असिस्ट गर्दै कीर्तिमान बनाएका थिए । हालसम्म यी दुईले मात्र शीर्ष लिगमा यो उपलब्धि हासिल गरेका छन् ।
एकै सिजनमा बढी असिस्ट दिने कीर्तिमान भने बार्सिलोनाका पुर्व खेलाडी जाभी हर्नान्डेजको नाममा रहेको छ । उनले २००८-०९ को सिजनमा २१ असिस्ट दिएका थिए । ला लिगामा अझै दुई चरणको खेल बाँकी रहँदा मेस्सीले यो कीर्तिमान तोड्ने सम्भावना छ ।
मेस्सीको पासमा भिडालले दुई गोल गरेका छन् । यस्तै लुइस सुआरेजले मेस्सीको पासमा सबैभन्दा धेरै ७ गोल गरेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]