default_image

5 years ago

July 13, 2020

रियल अन्तिम खेलअघि नै च्याम्पियन बन्न सक्छ !

157 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडलाई यो सिजन स्पेनिस ला लिगा च्याम्पियन बन्नका लागि अब ५ अंकको मात्र आवश्यकता छ । शुक्रबार राती अलाभेसलाई हराउन सकेको खण्डमा रियल उपाधिको एकदमै नजिक पुग्नेछ ।

रियलले ३ खेल खेल्न बाँकी छ । टोलीले अर्को खेल जितेमा अन्तिम दुई खेल बराबरी गर्दा पनि पुग्छ । वा ३ मध्ये २ खेल जितेर अर्को खेल हारेको खण्डमा पनि रियल च्याम्पियन बन्न सक्दछ । सबै भन्दा खराब अबस्था भनेको टोलीले उपाधिका लागि अन्तिम खेल सम्म पनि कुर्नुपर्ने हुन सक्दछ ।

रियलको निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेको साविक विजेता बार्सिलोनाको ७९ अंक छ । १ खेल कम खेलेको रियल ८० अंक छ । अबको खेल जित्न सकेको अवस्थामा रियलले बार्सिलोनासँगको अंक दुरीलाई पुनः ४ अंकमा पुर्याउने छ ।

अलाभेससँग खेल्नुअघि रियलले सोमबार ग्रानडाको सामना गर्नेछ । त्यो खेलको नतिजाले पनि रियलको उपाधि जित्ने सम्भावनालाई थप प्रष्ट पार्नेछ ।

त्यस्तो नभएर रियलले आउने दुई मध्ये एक खेल गुमाएको र बार्सिलोनाले अर्को खेल पनि जितेको अवस्थामा उपाधिको छिनोफानो अन्तिम दिनमात्र हुनेछ । अन्तिम खेलमा रियलले लेगानेसको सामना गर्नेछ ।

त्यसअघि नै लेगानेस रेलिगेसनमा परिसक्नेछ । त्यस्तै बार्सिलोनाले भने अन्तिम अलाभेसको सामना गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.