5 years ago
July 13, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले रेलिगेसन जोनमा रहेको बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । शुरुवाती अग्रता जोगाउन नसक्दा १० खेलाडीमा समेटिएको लेस्टरले बर्नमाउथसँग ४–१ को लज्जास्पद हार बेहोरेको हो ।

भिटालिटी स्टेडियममा आइतबार राति भएको खेलमा बर्नमाउथको जितमा डोमिनिक सोलांकेले दुई तथा जुनियर स्टानिलासले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । लेस्टरका जेमी भार्डीले गरेको गोल सान्त्वना बन्यो ।
खेलको २३औं मिनेटमा जेमी भार्डीको गोलबाट लेस्टरले खेलमा शुरुवाती अग्रता लिएको थियो । ६६औं मिनेटमा जुनियर स्टानिलासले पेनाल्टीमार्फत गोल गर्दै खेलदलाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै एक मिनेटपछि नै डोमिनिकले गोल गर्दै बर्नमाउथलाई खेलमा २–१ को अगैता दिलाए ।

त्यसपछि नैसेन्टरब्याक काग्लर सायोन्कु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा समेटिएको थियो । ८३औं मिनेटमा जोनी इभान्सले आत्मघाती गोल गरेपछि लेस्टरको जित निश्चित बनेको थियो । ८७औं मिनेटमा डोमिनिकले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लेस्टरलाई ४–१ को नमिठो हार चखाए ।
जितसँगै बर्नमाउथ ३५ खेलबाट ३१ अंक जोडेर १८औं स्थानमा यथावत छ । बर्नमाउथ रेलिगेसन जोनमै छ । पराजित लेस्टरले चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । लेस्टरको ३५ खेलबाट ५९ अंक रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]