5 years ago
July 13, 2020
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन चम्कदा इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले आर्सनललाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहमले एक गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलमाथि २–१ को जित निकालेको हो ।

सनले एक गोल गर्नुका साथै विजयी गोलका लागि असिस्ट दिएका थिए । टोटेनहम हस्टपुर मैदानमा आइतबार राति भएको खेलको १६औं मिनेटमा एलेसान्द्रे लाकजेट्टीको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । तर, आर्सनलको त्यो अग्रता लामो समय टिकेन । १९औं मिनेटमा सनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ८१औं मिनेटमा टोवी एल्डरवेइरेल्डले सनको पासमा गोल गर्दै टोटेनहमलाई २–१ को जित दिलाए । यो जितले टोटेनहम ३५ खेलबाट ५२ अंक जोडेर आठौं स्थानमा उक्लदा आर्सनल ५० अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अन्य नतिजा
वल्भ्सविरुद्ध एभर्टन (३–०)
एस्टन भिल्लाविरुद्ध क्रिस्टल प्यालेस (२–०)
बर्नमाउथविरुद्ध लेस्टर सिटी (४–१)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]