5 years ago
July 13, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोली र एसी मिलानले बराबरी खेलेको छ । नेपोली र मिलानले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका हुन् ।

स्टेडियो सान पाओलोमा आइतबार राति भएको खेलमा घरेलु टोलीका जियोभानी डि लोरेन्जो र ड्रिएस मेर्टिन्सले गोल गर्दा मिलानका थियो हर्नान्डेज र फ्रान्क केसिइले गोल गरे ।
खेलको २०औं मिनेटमा एन्टी रेविचको पासमा हर्नान्डेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा लोरेन्जोले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

६०औं मिनेटमा मेर्टिन्सले मारिया कालेजोनको पासमा गोल गरेपछि घरेलु टोली नेपोलीले खेलमा २–१ को अग्रता लिन सफल भयो । तर, ७३औं मिनेटमा फ्रान्कले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
जियाकोमो बोनाभेन्टुरालाई नेपोलीका डिफेन्डर निकोला माक्सीमोभिकले फउल गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टीको मौका दिएका थियो । जसमा फ्रान्क चुकेनन् ।

खेलको अन्त्यतिर मिलान १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा नेपोलीले उठाउन सकेन । ८७औं मिनेटमा मिलानका एलेक्सिस सेलेमेकर दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
बराबरीसँगै नेपोली ३२ खेलबाट ५२ अंक जोडेर छैटौ स्थानमा यथावत रहँदा मिलान ५० अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ ।
अन्य नतिजा
जिनोआविरुद्ध एस्पाल (२–०)
काग्लिएरीविरुद्ध लेच्चे (०–०)
फियोरेन्टिनाविरुद्ध हेलास भेरोना (१–१)
पार्माविरुद्ध बोलोग्ना (२–२)
उडिनेसीविरुद्ध साम्पडोरिया (१–३)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]