default_image

5 years ago

July 13, 2020

सेभिल्ला र बिल्वाओ विजयी

136 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा सेभिल्ला र एथ्लेटिक क्लब बिल्वाओले सहज जित हात पारेको छ । सेभिल्लाले रेलिगेसन जोनमा रहेको मालोर्कालाई तथा बिल्वाओले लेभान्टेलाई पराजित गरेको हो ।

रोमन सान्चेज पिजुवान स्टेडियममा घरेलु टोली सेभिल्लाको जितमा लुकास ओकम्पास र युसेफ इन न्यास्रीले गोल गरे । पहिलो हाफ र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो ।  खेलको ४१औं मिनेटमा लुकास ओकम्पासले पेनाल्टीमार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । ८४औं मिनेटमा युसेफले गोल गर्दै सेभिल्लालाई २–० को सहज जित दिलाए ।

जितसँगै सेभिल्लाले शीर्ष चारमा बलियो पकड बनाउदा मालोर्कालाई भने रेलिगेसनको डर बढेको छ । सेभिल्लाले तेस्रो स्थानको एट्लेटिको म्याड्रिडसँग समान ६६ अंक बनाएपनि हेड टु हेडमा पछि छ । मालोर्का ३२ अंक जोडेर १९औं स्थानमा छ । मालोर्कालाइै रेलिगेसन बच्न बाँकी रहेको दुई खेलमा जित निकाल्नुका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

यस्तै अर्काे खेलमा बिल्वाओले लेभान्टेमाथि २–१ को कठिन जित हात पार्दै शीर्ष ६ को सम्भावनालाई जीवितै राखेको छ । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । लेभान्टेका इनिस बार्दीले गोल गरे । जितसँगै बिल्वाओ ५१ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित लेभान्टे ४३ अंकसहित १२औं स्थानमा छ ।

अन्य नतिजा

एस्पान्योलविरुद्ध एइवर (०–)

लेगानेसविरुद्ध भ्यालेन्सिया (–०)

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.