5 years ago
July 13, 2020
एजेन्सी – इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पछिल्लो समय उत्कृष्ट लयमा छन् । युरोपकै सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने युरोपेली गोल्डेन बुटको दौडमा रोनाल्डोले रोबर्ट लेवान्डोस्कीलाई पछ्याइरहेका छन् ।

जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेका लेवान्डोस्कीले ३४ गोल गरेका थिए । उनले जर्मन लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडीको कीर्तिमान समेत कायम गरेका थिए । युरोपेली गोल्डेन बुटको दौडमा उनी शीर्षस्थानमा छन् ।
इटालियन लिगमा लाजियोका चिरो इम्मोबिले २९ गोलसहित शीर्षस्थानमा छन् । तर पछिल्लो समय लाजियो खराब लयबाट गुज्रेसँगै इम्मोबिलेले लगातार गोल गर्न सकेका छैनन् । रोनाल्डो मात्र १ गोलले पछाडी छन् । पछिल्लो खेलमा पेनाल्टीमार्फत २ गोल गर्दै रोनाल्डोले आफूलाई गोल्डेन बुट होडमा उभ्याएका छन् । इटालियन लिगमा अझै ६ खेल बाँकी रहेकाले रोनाल्डोले लिग र युरोप दुवैमा गोल्डेन बुट जित्न्ने सम्भावना बलियो छ ।
पछिल्लो तीन सिजन लगातार गोल्डेन बुट जितेका बार्सिलोना कप्तान लिओनेल मेस्सी यसपटक भने उक्त सिलसिला जारि राख्न नसक्ने देखिएको छ । लिगमा २२ गोल गरेका मेस्सीले अब लिगमा मात्र २ खेल खेल्न बाँकी छ ।
गोल्डेन बुटको दौड :
१. रोबर्ट लेवान्डोस्की – ६८ अंक (३४ गोल)
२. चिरो इम्मोबिले – ५८ अंक (२९ गोल)
३. क्रिस्टियानो रोनाल्डो – ५६ अंक (२८ गोल)
४. टिमो वेर्नर – ५६ अंक (२८ गोल)
५. एर्लीङ हालान्ड – ५० अंक (२९ गोल) (१३ गोल जर्मनीमा र १६ गोल अष्ट्रियामा)
६. शोन वेस्मन – ४५ अंक (३० गोल)
७. लिओनेल मेस्सी – ४४ अंक (२२ गोल)
८. जेमी भार्डी – ४४ अंक (२२ गोल)
९. रोमेलु लुकाकु – ४० अंक (२० गोल)
१०. पिएर एमेरिक औबामेयाङ – ४० अंक (२० गोल)
युरोपका शीर्ष ५ लिगमा प्रत्यक गोल गरेको २ अंक गणना हुन्छ भने अन्य लिगमा स्तर अनुसार १.५ अंक र १ अंक गणना हुने गर्दछ
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]