default_image

4 years ago

July 13, 2020

दर्शकसहितको खेलमा पीएसजी ९-० ले विजयी

40 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले कोरोनाका कारण लिग रद्द भएपछि पहिलोपटक मैदान उत्रँदै मैत्रीपूर्ण खेल खेलेको छ ।

दर्शकदिर्घामा झन्डै ५ हजार समर्थकसहित भएको खेलमा पीएसजीले दोस्रो श्रेणीको ले हाभ्रलाई ९-० ले पराजित गरेको हो । पीएसजीको जितमा ब्राजिलियन फरवार्ड नेयमार जुनियर, अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी र स्पेनिस मिडफिल्डर पाब्लो सराबियाले २-२ गोल गरेका थिए । अर्का फरवार्ड किलीयन एमबाप्पेसँगै इड्रीसा गेये र अर्नाउड कलिमुइन्डोले १-१ गोल थपे ।

दुवै टोलीले दोस्रो हाफमा पुरै टोली परिवर्तन गर्दै सबै खेलाडीलाई अवसर दिएका थिए । ले हाभ्रको मैदान स्टेड ओसियानमा भएको खेलमा फ्रान्सको खेलकुद मन्त्रि रोक्सान मरासिनेनु पनि उपस्थित रहेकी थिइन् । उनले दर्शकसहित फर्केको यस खेललाई फ्रान्सेली फुटबलको जितको रुपमा रहेको अभिव्यक्ति समेत दिइन् ।

फ्रान्सेली लिग कोरोनाका कारण बिचमै रद्द भएपनि पीएसजीले अझै च्याम्पियन्स लिगमा खेल्न बाँकी छ । जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको पीएसजीले एटलान्टासँग खेल्नेछ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.