5 years ago
July 13, 2020
एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३६औं चरणका विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानले रियल म्याड्रिडले ग्रानडाको भ्रमण गर्दा डिपोर्टिभो अलाभेसले गेटाफेसँग तथा भिल्लारियल र रियाल सोसिडाडबीच पनि आजै प्रतिस्पर्धा हुँदैछ ।

रियल र ग्रानडाबीचको खेल ग्रानडाको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । उपाधि नजिक रहेको रियल ग्रानडालाई पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा मैदान उत्रनेछ । तीन चरणको खेल बाँकी रहँदा रियललाई उपाधिका लागि रियललाई दुई जितको खाँचो छ ।
ग्रानडालाई हराए रियलले शीर्षस्थानमा बार्सिलोनालाई पुनः ४ अंकले पछि पार्नेछ । पराजित भएमा १ तथा बराबरीमा रोकिएमा २ अंकको अग्रता लिनेछ । शीर्षस्थानको रियलको ३५ खेलबाट ८० अंक छ । ३६ खेलबाट दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७९ अंक छ । ग्रानडाको ३५ खेलबाट ५० अंक छ ।
रियलले ग्रानडासहित भिल्लारियल र लेगानेससँग खेल्न बाँकी छ । ग्रानडालाई हराएर बाँकी दुई खेलमा बराबरी गरेपनि रियल च्याम्पियन बन्ने छ । त्यसैले रियल ग्रानडाविरुद्ध ३ अंक लिने दाँउमा हुनेछ । कप्तान तथा डिफेन्डर सर्जियो रामोस र अर्का डिफेन्डर ड्यानी कार्भाजले ग्रानडाविरुद्ध पूनरागमन गर्दा चोटका कारण अर्काे सेन्टरब्याक मार्सेलो उपलब्ध हुनेछैन ।
कोरोनापछिको सबै ८ खेलमा जित निकालेको रियल लगातार नवौं जितको खोजीमा हुनेछ । फरवार्ड करिम बेन्जेमाको लय र युवास्टार रोड्रिगो र भिनिसियस जुनियरको उच्च प्रदर्शनले रियलले ग्रानडाविरुद्ध जित दर्ता गर्न सक्नेछ ।

यता, ग्रानडा पनि रियललाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्दै शीर्ष ६ मा रहेको गेटाफेसँग अक बराबरी गर्ने दाँउमा हुनेछ । १०औं स्थानमा रहेको ग्रानडाले रियलविरुद्ध जित हात पारे एथ्लेटिक बिल्वाओ, रियल सोसिडाड र भ्यालेन्सियालाई पछि पार्दै सातौ स्थानमा उक्लेनछ ।
ग्रानडाका लागि रोवर्टाे सोल्डाडो, कार्लाेस फर्नान्डेज, डोमिङअस डुआर्टे जस्ता खेलाडीहरु हुनेछन् । हेड टु हेडमा हेर्दा ग्रानडाविरुद्ध रियल नै हावी हुने देखिएको छ । पछिल्लो १३ खेलको नतिजा अेर्दा रियलले १२ खेलमा जित हात पार्दा ग्रानडाले एक खेलमा आफ्नो पक्षमा पारेको छ । २०१३ को फेब्रुअरीमा भएको ला लिगामा क्रिस्यिानो रोेनाल्डोको आत्मघाती गोलबाट ग्रानडाले १–० को जित निकालेको थियो ।
अन्य खेल
डिपोर्टिभो एलाभेसविरुद्ध गेटाफे (राति ११ः१५ बजे)
भिल्लारियलविरुद्ध रियल सोसिडाड (राति ११ः१५ बजे)
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]