5 years ago
July 13, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आजर राति ३५औं चरणको एक खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार ओल्ड ट्राफोर्डमा राति १२ः४५ बजे हुनेछ ।

लयमा रहेको युनाइटेड घरेलु मैदानमा साउथह्याम्पटनलाई पराजित गर्दै चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । पछिल्लो १७ खेलमा अपराजित युनाइटेड सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रनेछ ।
साउथह्याम्टनमाथि जित हात पारेमा युनाइटेडले चेल्सीलाई १ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लने छ । आइतबार राति चौथो स्थानमा रहेको लेस्टर सिटी बर्नमाउथसँग ४–१ ले पराजित भएपछि युनाइटेडले तेस्रो स्थानमा उक्लने अवसर पाएको हो ।
युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, पल पोग्वा, मासन ग्रीनवुड, एन्थोनी मार्सियल, माकर्सस रासफोर्ड, नेमान्जा माटिच र ह्यारी मिगुएर जस्ता खेलाडीको साथ रहनेछ ।
यता, साउथह्याम्पटन युनाइटेडको अपराजित यात्रामा पुर्णविराम लगाउदै ३ अंक जोड्ने लक्ष्यमा हुनेछ । पछिल्ला खेलमा औसतको प्रदर्शन गरेको साउथह्याम्पटनले म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । तर, एभर्टनसँग बराबरीमा रोकिएको थियो ।
ड्यानी इंग्स, चे एडाम्स, जेम्स वार्ड प्रोउस युनाइटेडविरुद्ध नायक बन्न सक्नेछ । युनाइेटलाई हराए साउथह्याम्पटन एभर्टनलाई पछि पार्दै एक स्थान माथि उक्लनेछ ।
तेस्रो स्थानको चेल्सीकोको ३५ खेलबाट ६०, चौथो स्थानको लेस्टर सिटीको ५९ तथा युनाइटेडको ५८ अंक रहेको छ । साउथह्याम्पटन ४४ अंक जोडेर १२औं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]