4 years ago
July 13, 2020
सुबास हुमागाईं, काठमाडौं नेपाली टोलीले पछिल्लो पटक सुब्रतो कपको उपाधि जित्दा निशान्त ढुंगाना टोलीका कप्तान थिए । सन् २०११ मा बुटवलस्थित एन्फा एकेडेमीका खेलाडी पढ्ने बुटवल एलिट इंग्लिस एकेडेमीको टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो । दक्षिण एसियाकै प्रतिष्ठित उक्त प्रतियोगितामा त्यसयता नेपाली टोलीले फाइनल सम्म पुग्न सकेका छैनन् । अझ केहि वर्ष भयो, नेपालले सहभागिता […]
नेपाली टोलीले पछिल्लो पटक सुब्रतो कपको उपाधि जित्दा निशान्त ढुंगाना टोलीका कप्तान थिए । सन् २०११ मा बुटवलस्थित एन्फा एकेडेमीका खेलाडी पढ्ने बुटवल एलिट इंग्लिस एकेडेमीको टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो । दक्षिण एसियाकै प्रतिष्ठित उक्त प्रतियोगितामा त्यसयता नेपाली टोलीले फाइनल सम्म पुग्न सकेका छैनन् । अझ केहि वर्ष भयो, नेपालले सहभागिता नै जनाउन सकेको छैन ।
मैले निशान्तलाई व्यक्तिगत रुपमा चिन्दा उनले फुटबल खेल्न छाडेका त थिएनन्, तर उनको फुटबलमा उनको मन मरिसकेको थियो । मतलब उनले फुटबल खेलाडी नै बन्ने चाहना छाडिसकेका थिए । जिविकोपार्जनकै लागि उनले फुटबल छाड्न सकिरहेका थिएनन् । फुटबलबाहेक अरु केहि थाहा नै नभएर पनि उनलाई के गर्ने थाहा थिएन ।
फुटबल खेल्न शारीरिक रुपमा उनी फिट थिए । रणनीतिक र प्राविधिक रुपमा पनि उत्तिकै निपुण । तर मानसिक रुपमा फुटबल खेलाडी बन्ने भन्नेबारे उनको मनभित्र अनेक प्रश्न थियो । त्यसको उत्तर उनी आफूसँग थिएन । कुनै समय नेपाली राष्ट्रिय टोलीमै खेल्न सक्ने खेलाडीका रुपमा हेरिएक निशान्तले कलिलो उमेरमा नै फुटबल छोड्ने निर्णय लिए ।
सोमबार दिउँसो निशान्तले मलाई मेसेन्जरमा ‘नबदलिएको एक दशक’ नाम गरेको पिडिएफ फाइल पठाए । खाजा अर्डर गरेर बसेको मैले फाइल खोलेर हेरें, ५९ पेजको रहेछ । उसलाई भरे पढेर खबर गर्छु भनें ।
तर खाजा आउन केहीबेर लाग्ने भएपछि केहि पेज सुरुवात गरौं भनेर लागें । फुटबल खेलाडी भएकाले व्यक्तिगत रुपमा उनलाई र उनको वरपर रहेका फुटबलका साथीहरु म चिन्थे । उक्त किताबको पहिलो हरफले मलाई तान्यो । खाजा खाँदाखाँदै मैले पढेर भ्याएँ । (उनको उक्त किताबको लिंक यस सामग्रीको अन्त्यमा राखिएको छ।)
निशान्तले फुटबलको कखरा बुटवल एकेडेमीबाट सिकेका हुन् । नवलपरासी बर्दघाटका निशान्तले २०६६ वैशाखमा झन्डै ६ सय प्रतिस्पर्धी खेलाडीमाझ छनोटमा सहभागी भएर एकडेमीमा छनोट भएका थिए । गर्मी मौसमको बेला बालुवाको मैदानमा तीन दिन लामो छनोट चरण पार गरे उनी बुटवल एकेडेमीमा पुगेका थिए ।
पश्चिममा नाम चलेका याम गुरुङ एकेडेमीका प्रशिक्षक थिए । सन् २०१२ मा एएफसी यू-१४ प्रतियोगिताका लागि छनोट हुँदा बुटवल एकेडेमीबाट झन्डै एक दर्जन खेलाडी काठमाडौंमा बोलाइएका थिए । निशान्तसँगै विमल घर्तीमगर, आकाश थापा, ललित थापा, सागर परियार, रंजन थापा, सुदन थापा, गौरव बुढाथोकी, शिव सुवेदी, जितेश गुरुङ, मिलन हितान मगर र शृजन श्रेष्ठ छनोटमा परेका थिए ।
यीमध्य अधिकांशले नेपालको उमेर समूह टोलीका लागि खेले । रंजन र सागरको परिक्षा सकेर एन्फा फर्कने क्रममा सडक दुर्घटनामा निधन भएको थियो । अन्यले भने यू-१४ हुँदै यू-१६ उमेर समूहमा रहेर नेपालको प्रतिनिधित्व गरे । निशान्त आफैंले पनि नेपालका लागि यू-१४ र यू-१६ टोलीबाट खेलेका छन् ।
सेन्टर मिडफिल्डमा खेल्ने निशान्त बिरलै टोलीबाहिर रहे । उनको खेल्ने शैलीमात्र नभएर सरल व्यवहारले पनि धेरैलाई प्रभावित पारेको थियो । उनी मैदानभित्र तीक्ष्ण दिमागका कारण पनि प्रशिक्षकको रोजाईमा पर्थे । १२ वर्षको उमेरमा सुब्रतो कप जित्दा नै निशान्तलाई प्रशिक्षक गुरुङले निकै विश्वास गरेको एक पृथक घटना छ ।
त्यसबेला सुब्रतो कपको लिग चरण सकिएपछि प्रशिक्षक गुरुङ बि लाइसेन्सका लागि नेपाल फर्कनुपर्ने थियो । उनले क्वाटरफाइनल पुगिसकेका कारण लिग चरणको अन्तिम खेलमा निशान्तलाई नखेलाई बेन्चमा आफूसँगै राखे । आफ्नो अनुपस्थितिमा उनी निशान्तले मैदानभित्र खेलाडीलाई बुझाउन भन्ने चाहन्थे । गुरुङ कोर्षका लागि नेपाल फर्केपनि निशान्तको कप्तानीमा नेपालले सुब्रतो कप जित्न सफल रहयो । सुब्रतो कपकै आधार र छनोटको प्रदर्शनले उनी लगायत अन्य खेलाडी यू-१४ का लागि एन्फा तानिएका थिए ।
यू-१६ सम्म नियमित टोलीमा खेलिरहेका निशान्तलाई एकदिन एन्फाबाट अप्रत्याशित सूचना आयो । एन्फाले एस्ट्रो टर्फ राखेपछि एकेडेमीमा खेलाडी कम गर्नकै लागि खेलाडी हटाउने निर्णय गर्ने भएको रहेछ । त्यस सुचिमा निशान्तसँगै बुटवलकै अर्का खेलाडी ललित थापा परे ।
एकेडेमीबाट बाहिरीएपछि निशान्तसँग क्लब फुटबल खेल्ने बाटो त थियो नै, तर उनले आफू एकेडेमीबाट बाहिरिनुको कारण अझै पाएका थिएनन् । निशान्त अझैपनि त्यसबेला सम्हालिन निकै कठिन भएको बताउँछन् । एकेडेमीबाट एकदिन बाहिरिनु थियो नै, तर जस्तो समय र अवस्थामा त्यो सूचना आयो, निशान्त छाँगाबाट खसेझैं भए ।
‘त्यसबेला निकै गाह्रो भएको थियो । एकेडेमीमा नियमित खेलिरहेको थिएँ । एक्कासी अब बाहिरिनुपर्छ भन्दा स्तब्ध भएँ । के गर्ने थाहा पाउन सकिन । फुटबल खेल्न सकिएको होइन भन्ने थाहा थियो तर जसरि एकेडेमी छोड्नुपर्यो, त्यसले गर्दा आफैंमा विश्वास लाग्न छोड्यो,’ उनले भने ।
राष्ट्रिय लिगमा उनलाई स्थानीय जगदम्बा लुम्बिनी क्लबले अनुबन्ध गर्यो । शीर्ष श्रेणीको लिग खेलेको पहिलो सिजनमा नै उनले ८ खेल खेले । उनी मानसिक रुपमा पूर्णत तयार थिएनन् तर उनीसँग त्यसबाहेक विकल्प पनि थिएन । उनको प्रदर्शन पनि राम्रो नै रहयो ।
राष्ट्रिय लिग सकिएपछि ए डिभिजन लिग हुनुपर्ने थियो, तर एन्फाले सुरसार नै गरेन । भूकम्पले गर्दा यसै राष्ट्रिय लिग बल्लतल्ल सकिएको, एन्फाले अन्य प्रतियोगिता गर्ने छाँटकाँट पनि देखाएन । मोफसलका प्रतियोगिता खेल्ने अवसर पनि आएको थियो, तर त्यस्ता अस्थायी प्रतियोगिताको भर गरेर बस्ने आधार पनि थिएन । निशान्तले फुटबल खेलाडी बनेर नै करिअर अगाडी बढाउन सक्ने अवस्था देखेनन् ।
सानो उमेरदेखि फुटबलकै वरपर रहेका उनले कठिन निर्णय लिनुपर्ने अवस्था आयो । चाहेको भए उनले मोफसल फुटबल खेलेर जीविकोपार्जन त गर्थे, तर उनलाई भविष्य र परिवारप्रतिको दायित्वको चिन्ता थियो । नेपालको अस्थिर फुटबल वातावारणमा उनले खेलाडी बनेर एक दशक खेल्दा पनि केहि नहुने देखे ।
‘फुटबलमा बस्न चाहेर पनि सकिन । एन्फाबाट निस्केपछि एक किसिमले मनमनै हारिसकेको थिएँ । तर खेल्न सक्छु भन्ने विश्वास थियो । राष्ट्रिय लिगमा खेलें पनि । तर फुटबलकै भविष्य अनिश्चित भएको ठाउँमा मैले आफ्नो भविष्य देखिन । जे होला होला भनेर फुटबल चटक्कै छाड्ने निर्णय गरें,’ निशान्तले सुनाए ।
तेज दिमाग भएका उनी पढाइमा राम्रै थिए । त्यसमाथि पिनाकल कलेजले उनलाई उच्च शिक्षाको लागि छात्रवृति पनि उपलब्ध गराएको थियो । उनले पढाइमा ध्यान दिँदै करिअर मोड्ने सुर कसे । विभिन्न संस्थामा आबद्ध भएर आफ्नो क्षमता अभिवृद्धि गर्न उनले कुनै कसर छाडेनन् । फुटबल बिर्सेर अगाडी बढ्न निकै कठिन रहेको उनी मान्छन् ।
‘फुटबल छोड्ने निर्णय गर्न जति कठिन थियो, त्योभन्दा बढी त्यहाँबाट अन्यत्र लाग्न । फुटबलमा रहेर म केहि वर्ष खुसी हुन्थे होला, तर मैले भविष्य र परिवारबारे पनि सोच्नु पर्यो । खेलुन्जेल जिविकोपार्जन गरेर मात्र पनि भएन,’ उनले प्रश्न गर्दै भने, ‘ पढाइ राम्रै भएकाले केहि गर्न सकिहाल्छु भन्ने थियो । केहि संस्थामा पुगेर पढाइसँगै आफ्नो क्षमता अन्य क्षेत्रमा पनि जाँचे । फुटबलबाहिरको दुनियाँमा आफू सक्षम बन्न प्रयास जारि राखें ।‘
निशान्त अहिले टिच फर नेपालमा आबद्ध छन् । तनहुँको बेलचौतारास्थित जनकल्याण माविमा अंग्रेजी पढाउने उनीखाली समयमा त्यहाँका छात्रछात्रालाई फुटबल सिकौअने योजनामा छन् । फुटबलमार्फत सामाजमा सकारात्मक परिवर्तन जगाउन सकिन्छ भन्ने विश्वास उनमा छ । फुटबल बाहिर रहेर पनि निशान्त खुसी छन् । अबको यात्रा झनै स्मरणीय बनाउने उनको प्रयत्न जारी छ ।
फुटबल खेल्दा पढाइमा कति असर पर्छ भनेर उनलाई थाहा छ । त्यसैले निशान्त भविष्यमा आफूजस्तै दुख फुटबल खेलेका अन्यले नपाउन् भनेर शिक्षालाई समेत प्राथमिकतामा राख्दै एकेडेमी खोल्ने सोच बनाएका छन् । यसका लागि उनले केहि साथीहरुसँग छलफल पनि गरेका छन् । तर त्यसको लागि उनी यो समय आफूलाई तयार पार्न उपयोग गर्न चाहन्छन् ।
May 2, 2024
दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको थियो। त्यसमा ७ लाख […]
May 2, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]
May 1, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]