default_image

5 years ago

July 13, 2020

कास्की एन्फा विधिवत नचलेको छानविन समितिको निष्कर्ष !

128 views

0 Bookmark

विजय नेपाली, पोखरा
अध्यक्ष मिलन गुरुङले आर्थिक अनियमिता गरेका सम्बन्धमा गरिएको छानविन सकिएलगत्तै छानविन समितिले कास्की जिल्ला फुटबल संघ (कास्की एन्फा) ३ वटा निर्देशन दिएको छ ।

११ दिन छनविनको टुंगो लगाउँदै समितिले कास्की एन्फालाई तत्कालै कार्यालय स्थापना गरी २०७५ सालमा पोखरामा भएको मनकामना केबलकार पोखराकपको आयव्यय १५ दिन भित्र सार्वजानिक गर्न निर्देशन दिएको छ ।

‘हामिले संघलाई ३ वटा निर्देशन दिएका छौ, निर्देशनको पालना भएन भने कारवाही हुन्छ छानविनको प्रतिवेदन तयार पारेका छौ बाँकी कारवाही केन्द्रले (एन्फा) गर्ने छ’ अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष एवम् छानविन समिति संयोजक विरबहादुर खड्का (बच्चु) ले सोमबार पत्रकार सम्मेलनमा , ‘छानविन समितिले संघको तत्काल कार्यालय खोल्न, मनकानमा केबलकार पोखराकपको तत्काल अधिवेशन बसि आयव्यय सार्वजानिक गर्न र महेन्द्र गुरुङको संयोजकत्वमा घाटा रकम तिर्नको लागि समिति गठन गरि रकम तिर्न निर्देशन दिएको हो ।’

कास्की एन्फामा भएको आर्थिक अनियमितता सम्बन्धी गठित छानबिन समितिले विभिन्न ६ विषयलाई लिएर छानविन गरेको थियो । जस्को मुख्य विषय भनेकै २०७५ सालमा भएको मनकामना केबलकार पोखराकप रहेको थियो । जसको आर्थिक गतिविधि आयव्यय सार्वजानिक हुन सकेको थिएन ।

कुनैपनि संस्थाले प्रतियोगिता सञ्चालन गरेपश्चात त्यसको ६ महिना भित्र आयव्यय सार्वजानिक गर्ने प्रावधान रहेको छ । तर एन्फा कास्कीले भने दुई वर्ष सम्म पनि आयव्यय सार्वजानिक गरेको छैन । प्रतियोगिता सञ्चालनका दौरान २९ लाख १७ हजार २ सय ९० रुपैँया नोक्सान भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतियोगिता सञ्चालन गर्दा ९२ लाख ९८ हजार १ सय ६५ रुपैँया खर्च भएको थियो भने ६३ लाख ८० हजार ८ सय ७४ रुपैँया आम्दानी भएको थियो । त्यसमा विभिन्न ३७ पार्टिहरुलाई (व्यवसायहरु) २४ लाख ९८ हजार ९ सय १४ रुपैँया तिर्न बाँकी रहेको छानविन समितिका संयोजक खड्काले जानकारी दिए ।
‘हामीले निष्पक्ष रुपमा छानविन गरेका छौ र त्यहि अनुसार प्रतिवेदन तयार पारेका छौ । कसैको पनि दवाब र प्रलोभनमा नपरी प्रतिवेदन तयार गरेका छौ २०–२२ बुँदे प्रतिवेद तयार पारेका छौ , खड्काले भने –’हामीले विभिन्न ६ विषयलाई लिएर छानबिन गरेका हौ । ग्रास रुटमा फाइदा भएको देखिएको छ जसको रकम बैंकमा जम्मा भएको छ । त्यस्तै प्रदेश लिगको पनि विजेता, उपविजेता तथ रेफ्रीलाई रकम दिन निर्देशन गरेका छौ ।’

कास्की एन्फामा आर्थिक अनियमितता भएको उजुरीको आधारमा असार २ गते एन्फा केन्द्रको आकस्मिक बैठकले खड्काको संयोजकत्वमा छानविन समिति पूर्नगठन गरेको थियो । यस्तै छानबिन समितिले प्रतियोगिता बाहेक अन्य कास्की जिल्ला लिग फुटबल प्रतियोगिता, अन्तर विधालय फुटबल प्रतियोगिता (जिल्ला), अन्तर विधालय फुटबल प्रतियोगिता (प्रदेश), अन्तर विधालय फुटबल प्रतियोगिता पुरुष र अन्तर विधालय फुटबल प्रतियोगिता महिला तथा प्रदेश स्तरीय रेफ्री कोर्षको छानविन गरि प्रतिवेदन तयार पारेको जनाएको छ ।

छानविन समितिकै पदाधिकारी एवम् एन्फाका चाटर्ड एकाउन्टेण्ट विष्णुप्रसाद पराजुलीले संस्था विधिवत रुपमा चलेको नदेखिएको बताए । संस्थाले अधिवेश तथा दर्ता नविकरण समेत नगरेको बताए । ‘संस्था विधिवत रुपमा चलेको देखिएन् । केहि विल भरपाईमा प्रक्रिया पु¥याएको देखिएन । २० हजार माथिको विल भ्याटमा जानपर्ने तर केहि विल त्यस्तो देखिएन एकै दिन २–३ वटा सम्म आएको देखियो त्यो बाहेक अन्य केहि देखिएको छैन । संस्थाले सुधार गर्न पर्ने र कमि कमजोरीहरु प्रतिवेदनमा उल्लेख गरेका छौँ’ पराजुलीले भने ।

छानविनको समयमा संघका पदाधीकारीले राजिनामा माग्ने जस्ता कुरा आए पनि त्यस्तो केहि नभएको उनले बताए । प्रत्येक वर्ष संघको हिसाव किताव सम्पादन गर्न पर्ने भएपनि त्यसो नगरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । उपाध्यक्ष खड्काको संयोजकत्वमा गठित छानबिन टोलीमा पराजुली र कास्की एन्फाका पूर्व अध्यक्ष आनन्द रन्जित छन् । छानविन समितिले प्रतिवेदन बुधबार भित्र केन्द्रमा बुझाउने बताएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.