5 years ago
July 14, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ । रियलको लिगमा यो लगातार नवौं जित हो ।

ग्रानडाको मैदानमा रियलले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एकमात्र गोल गरे ।
खेलको दशौं मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । फर्लान्ड मेन्डिले एकल प्रयासमा ६ यार्ड बक्सको बायाँ भागबाट पहिलो बारमा गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । उनले क्यासेमिरोले दिएको पासलाई अगाडी बढाउँदै तीन डिफेन्डरको चुनौती पार गर्दै रियलका लागि पहिलो गोल गरेका थिए ।
अग्रता लिएको ६ मिनेटमै रियल २-० ले अगाडी बढ्न सफल रह्यो । फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट उत्कृष्ट नियन्त्रणपछि गरेको प्रहार गोल भएको थियो । लुका मोड्रिचको पासलाई बेन्जेमाले अगाडी बढाएर डिफेन्डरलाई छक्याउँदै दोस्रो बारमा गरेको प्रहार गोल भएको थियो ।

खेलको ३६ अौं मिनेटमा डोमिंगो डुआर्टेको हेडरलाई रियलका गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट बचाउ गरे । ४३ अौं मिनेटमा मोड्रिचको पासमा बेन्जेमाको प्रहारलाई गोलरक्षक रुई सिल्भाले बचाए ।
दोस्रो हाफको ५ मिनेटमै घरेलु टोली ग्रानडाले गोल फर्काउँदै खेलमा फर्किएको संकेत दियो । यंगल हरेराको पासमा माचिसले गोल गर्दै रियलको अग्रता कम गरेका थिए । माचिसको प्रहार गोलरक्षक कोर्टुवाको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।
खेलको ५ मिनेट समय बाँकी रहँदा ग्रानडाले खेल बराबरीमा ल्याउने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । पेनाल्टी क्षेत्रभित्र एन्टोनिनको प्रहारलाई गोलरक्षक कोर्टुवाले बचाए । लगत्तै रामोन अजिजको प्रहार कप्तान सर्जियो रामोसले गोललाइनबाट क्लियर गर्दै रियलको अग्रता जोगाए ।
यस जितसँगै रियलले बार्सिलोनासँग ४ अंकको अग्रता लिएको छ । रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ । रियलले अब अर्को खेलमा अलाभेसलाई पराजित गरे उपाधि पक्का गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]