default_image

5 years ago

July 14, 2020

म्यानचेस्टर साउथह्याम्पटनसँग रोकियो

153 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा माइकल ओवाफेमीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको छ । युनाइटेड साउथह्याम्पटनसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो ।

 

यो बराबरीले म्यानचेस्टर युनाइटेडले चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै शीर्ष तीनमा उक्लने अवसर गुमाउदा अर्काे सिजनको लागि च्याम्पियन्स लिग खेल्ने सम्भावनामा समेत धक्का लागेको छ । बराबरीपछि लेस्टरसँग समान ५९ अंक भएपनि युनाइटेड गोल अन्तरमा पछि पर्दै पाँचौ स्थानमा यथावत छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेड स्टुआर्ट आम्सट्रोङको गोलबाट खेलको १२औं मिनेटमा पछि परेको थियो । तर, युनाइटेडले चार मिनेटको अन्तरमा दुई गोल गरेपछि युनाइटेडले खेलामा २–१ को अग्रता बनाएको थियो ।

२०औं मिनेटमा मार्कुस रासफोर्डले एन्थोनी मार्सियलको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । २३औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई खेलमा २–१ को अग्रता दिलाएका थिए । त्यसअघि १६औं मिनेटमा रासफोर्डले गोल गरेपनि उनी अफसाइड ठहरिएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेको थिएन । युनाइटेडसँग हारतर्फ उन्मुख रहेका साउथह्याम्पटनका लागि ओवाफेमीले इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा गोल गर्दै अंक खोस्न सफल हुदा युनाइटेडलाई जितबाट वञ्चित गराए । जान बेडनरेकको कर्नरमा ओवाफेमीले हेडमार्फत सहजै गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । जितबाट वञ्चित भएपनि युनाइटेड पछिल्ला १८ खेलमा अपराजित रहन सफल भएको छ ।

बराबरीसँगै तेस्रो स्थानमा उक्लने अवसर गुमाएको युनाइटेडको ३५ खेलबाट ५९ अंक पुगेको छ । साउथह्याम्पटन ४५ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.