5 years ago
July 14, 2020
एजेन्सी – टोरिनोमाथि सहज जित हात पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा फर्किएको छ । इन्टरले टोरिनोमाथि ३–१ को पूनरागमन जित हात पार्दै लाजियो र एटलान्टालाई पछि पार्दै दोस्रो स्थानमा फर्किन सफल भएको हो ।

घरेलु मैदान सान सिरोमा सोमबार राति भएको खेलमा इन्टरको जितमा एस्ले योङ, डिएगो गोडिन र लोउटारो मार्टिनेजले गोल गरे । टोरिनोका एन्ड्रिया बेनोट्टीले एक गोल फर्काए । खेलको १७औं मिनेटमा बेलोट्टीको गोलबाट इन्टर मिलान पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफको शुरुमै एस्ले योङले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याएका थिए ।

एलेक्सिस सान्चेजको पासमा डिएगो गोडिनले इन्टर मिलानका लागि पहिलो गोल गरेपछि इन्टरले खेलमा २–१ को अग्रता लिन सफल भयो ।६१औं मिनेटमा सान्चेजकै पासमा लोउटारो मार्टिनेजले गोल गरेपछि इन्टरले खेलमा ३–१ को अग्रता लिन सफल भयो । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।
जितसँगै इन्टर ३२ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । समान अंक रहेपनि इन्टरले लाजियोलाई गोल अन्तरमा पछि पारेको हो । इन्टर र लाजियो शीर्षस्थानको युभेन्टससँग ८ अंकले पछि छ । युभेन्टसको ७६ अंक छ । पराजित टोरिनो ३४ अंक जोडेर १६औं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]